Skip to content

शिखर कलाकार ः हरिप्रसाद रिमाल

  • by


‘शिखर कलाकार हरिप्रसाद रिमाल’ नामक पुस्तकमा हरिप्रसाद रिमालको जीवनी, व्यक्तित्व र कलाकर्मलाई समेटिएको छ । पुस्तकलाई परिचय, शब्दचित्र, लेखकसमीक्षा, अन्तर्वार्ता, आत्मकथन र मूल्याङ्कन गरी ६ भागमा बाँडिएको छ । यस कृतिको सम्पादकमा डा. मोहनहिमांशु थापा र कृष्ण शाह यात्री रहेका छन् । प्रचण्ड मल्ल, हरिहर शर्मा, जीवनाथ धमला, चन्दा विष्ट, आनन्दराम आचार्य, विकास अमात्य, अच्युत कोइराला, नवीन अर्याल, सम्राट, सापकोटा, बाला राई, इ-नशा, रामेश्वर ढुङ्गाना, भूषिता बाशिष्ट, ठाकुर आमागाईं, लाटसेरिङ्ग ग्लान, पवन न्यौपाने, घिमिरे युवराज र स्वयं हरिप्रसाद रिमालका विचार र रचनाले सज्जिएको यो कृति गायन, नाट्य, अभिनय, निर्देशनमा लागेका रङ्गकर्मीहरूका लागि अत्यन्तै उपयोगी र सार्थक ठहरिएको छ ।

हरिप्रसाद रिमाल नेपाली कला, गायन, निर्देशन, सङ्गीत र अभिनयका क्षेत्रमा आफैँमा इतिहास हुन् भन्ने कुरा यस पुस्तकले प्रमाणित गरेको छ । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन् । वि.सं. २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए । नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए । उनले रेडियो नेपालमार्फत् रेडियो नाटक रूपकलाई शिखरमा पुर्‍याउने काम गरे ।

यो पुस्तक हरेक विधा र क्षेत्रका स्रष्टा र पाठकका लागि उपयोगी र सङ्ग्रहणीय छ । हाम्रो सम्पदाका रूपमा रहेका यस्ता व्यक्तिको व्यक्तित्व र कृतित्वमाथि पुस्तक तयार हुनु प्रशंसनीय कार्य हो ।

कृति ः शिखर कलाकार हरिप्रसाद रिमाल (जीवनी, व्यक्तित्व र कलाकर्म)
सम्पादक ः डा. मोहनहिमांशु थापा/कृष्ण शाह यात्री
प्रकाशक ः संगम पि्रन्टर्स, अनामनगर-२२
संस्करण ः प्रथम, २०६६
पृष्ठ १९५+१०
मूल्य ः २००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *