• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

गजल सिद्धान्तको उपयोगी पुस्तक

kbs — Fri, 12/24/2010 - 20:43

  • पुस्तक/कृति समीक्षा
  • तुलसीहरि कोइराला
  • मधुपर्क २०६७ मंसिर

नेपाली साहित्यमा गजलको प्रवेश गराउने आदिसाहित्यकारका रूपमा युवककवि मोतीराम भट्टको नाम लिइन्छ । उनले बनारसमा लामो समयसम्म बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसीजस्ता भाषाको अध्ययन गरेर गजल विधामा कलम चलाएका थिए र गजलको मूलधर्म शृङ्गारिकतालाई उनले मलजल गरेका थिए । यति पुरानो गजललेखन परम्परालाई अगाडि बढाउने सैद्धान्तिक ज्ञान हासिल गरेका रथीहरूको कमीका कारण सुषुप्त अबस्थामा रहेको गजललाई पछिल्लो समयमा आएर स्रष्टाको ठूलो भीडले जुरुक्कै बोकेको अनुभव हुन्छ । सैद्धान्तिक ज्ञान लिएर सम्पूर्ण नियमहरू पालन गरी गजल सिर्जना गर्ने 'गजलविज्ञ' को कमीका कारण बढी टीका-टिप्पणी पनि गजलमाथि नै हुने गरेका छन् । लेख्न रहर गर्नेहरूलाई सैद्धान्तिक ज्ञानको अभावले असजिलो भएको अनुभव केही ज्ञाताले गरेर गजल सिद्धान्तका किताबहरू प्रकाशनमा पनि नल्याएका त होइनन् तर पूर्ण सैद्धान्तिक गुरु पुस्तकको भने अभाव नै अनुभव हुँदैआएको छ । यसै सन्दर्भमा, गजलकार सनतकुमारले भर्खरै प्रकाशित गरेका छन्- 'वाह ! गजल' अर्थात् गजलको किताव ।

वनारसमै बसेर संस्कृत, हिन्दी, ऊर्दू, फारसी आदि भाषामा लिखित साहित्यको गहिरो अध्ययन गरेका सनतकुमारले गजललेखनलाई आफ्नो मूलविधाकैरूपमा अँगाल्दै स्नातकोत्तर अध्ययनक्रममा गजल सिर्जनालाई नै शोध सन्दर्भ बनाएकाले पनि उनलाई प्रस्तुत गजलको किताब तयार पार्न थप प्रेरणा मिलेको अनुभव हुन्छ । उनलाई अर्का अन्वेषक कमलमणि दीक्षितले आफ्ना सङ्कलनका विभिन्न किताबहरू उपलब्ध गराएर सहयोग गर्नुको परिणाम यो कृति हो भन्ने कु्रा प्रकाशकीयले पनि स्पष्ट गरेको छ ।

सनतकुमारको गजलको किताबले धेरै विशेषताहरू बोकेको छ । यसमा गजललेखनका लागि आवश्यक सैद्धान्तिक कुराहरूको पूर्ण जानकारी ज्यादै सरल ढङ्गले दिइएको छ । अरबी बोलीका तीन वर्ण-गेन, जि र लाम् मिलेर बनेको 'गजल' को मूलमर्म भन्नु नै प्रीतिको स्वर हो । 'ग' भनेको वाणी, 'ज' भनेको नारी र 'अल' भनेको साथको अर्थमा हुन्छ- प्रेयसीसँग कुराकानी तर आजकलका गजलमा ज्यादै विविधतापरक शैली र भावहरू भित्रिएका छन् । माया, प्रेमभन्दा पनि आक्रोश, विद्रोह, राजनीति, असन्तुष्टि, कुन सन्दर्भ र विषयमा गजल लेखिएको छैन र ! अपशोच! धेरै गजलकारहरू नियमभन्दा बाहिर गएर लेखिरहेका छन् र यसै कारणले पनि एउटाले अर्काको गजलमाथि नियमको सुइरो रोपिरहेको पनि देखिन्छ । वाह ! गजलको यस कृतिले अबश्य पनि गुरुको काम गर्छ नै । रदीफ, काफिया, मतला, मकता, मिसरा-ए-उला, मिसरा-ए-सानी, तखल्लुस, जस्ता गजलका अत्यावश्यक तत्वको ज्ञानले मात्र पनि सिकारु गजलकारलाई बाटो पहिल्याउन सहज हुन्छ । उनले गजलका तीन अक्षरलाई 'ग'-गम्भीरता, 'ज'-जीवन्तता र 'ल'- लयात्मकता भनेर आफ्नै शैलीमा पनि व्याख्या गरेका छन् भने अर्कोतिर विम्ब, अलङ्कार, प्रतीकको समेत विश्लेषण गरेका छन् । गजलका गुण-अबगुण, गायनको तरिका, सङ्गीतको सङ्गति र गजल श्रवणको तरिकासमेत सिकाएर आफ्नो गजलकृतिलाई पूर्ण बनाउने प्रयास गरेका छन् सनतले ।

यस कृतिभित्र सनतकुमारका जम्माजम्मी छत्तीस वटा गजल समाविष्ट छन् र अन्य उदाहरणहरूमा यिनै गजलका शेरहरूलाई तलमाथि गरेर प्रस्तुत गरेका छन् । गजलहस्ती गुलजार, गालिब, गुलाम अली, साहिर, बशीर बट्रलगायतका केहीका शेरहरूलाई पनि उनले उदाहरणका रूपमा प्रस्तुत गरेका भए पनि नेपाली गजलकारका गजलहरू भने कुनै उदाहरणमा पनि समाविष्ट छैनन् ।

वाह ! गजलको अर्को महत्त्वपूर्ण पाटो भनेको स्वयं लेखककै हस्ताक्षरमा सिङ्गो कृति प्रकाशित हुनु हो । केही लेखकहरूले यसभन्दा अघि पनि आफ्नै हस्ताक्षरमा कृति प्रकाशित त गरेका हुन् तर सनतकुमार वस्तीका हस्ताक्षर ज्यादै सुन्दर र आकर्षक छन् । पुस्तक पल्टाउने जो कोही पाठकका मुखबाट अबश्य पनि निस्किन्छ- 'वाह ! अक्षर ।' स्पष्ट शैली, मिहीन विश्लेषण र आफ्नै गजलका उदाहरणहरूले कृतिलाई स्वादिलो बनाएका छन् र पनि भन्नै पर्दा पाठकलाई अमिलो लाग्ने गरी एउटा शीर्षकको विश्लेषण सकेर अर्कोमा जाँदा-पाना पाल्टाउनुहोस्, कुरा गरौँ अर्को पानामा, जवाफ अर्को पानामा, पाना पल्टाउनुहोस्- जवाफ हाजिर छ, यो भयो प्रश्न, अब उत्तर पाउनुहोस् पाना पल्टाएर, अर्को पानामा भेटौँ, जस्ता वाक्यहरू ज्यादै हलुका लाग्छन् । यी वाक्यहरू वास्तवमा आवश्यक पनि थिएनन् र ओजिला पनि होइनन् ।

गजलकार सनतकुमारले पुरातात्िवक विषयमा विद्यावारिधि गरेका भए पनि उनी गजलज्ञाताका हिसाबले पनि 'वाह' गजलबाट गजलमा पनि विद्यावारिधि गरेसरहको व्यक्तित्व ठहरिएका छन् । कृतिगत हिसाबले पनि उनको यो पहिलो कृति हो । उनी थोरै लेख्छन् तर राम्रो लेख्छन् । सिद्धान्तभित्र बाँधिएर लेख्दा धेरै लेख्न नसकिने पनि हुनसक्छ । थोरै लेखेर पनि चर्चाको केन्द्रविन्दुमा रहन सफल हुनुले उनको गजल अन्वेषण र लेखनको सफलता मान्नुपर्छ । उनी गजल गायनका क्षेत्रमा पनि अग्रणी मानिन्छन् र लेखन र गायनलाई तादात्म्य मिलाएर लेख्ने हुनाले सफल गजलकार ठहरिएका छन् ।

कृति ः वाह ! गजल (गजलको किताब)
लेखक ः सनतकुमार
प्रकाशक ः कोक गोष्ठी, कमलपोखरी, काठमाडौँ
प्रकाशन ः २०६७ साउन
पृष्ठ ः १८७+१०
मूल्य ः रु. २००।-

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 103
  • 2190 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    3 days 20 hours ago
  • आभार
    4 days 16 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 15 hours ago
  • आभार प्रकट गरे
    1 week 2 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 2 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 3 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 3 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 3 days ago
  • एकदम सान्दर्भिक
    1 week 3 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • समयकाे धुन
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • कुकुर
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • हाम्रो बारेमा
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • जुनेली रात
  • देशभक्त हुँ म
  • मिथिलाक किसान
  • महलकी रानी
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
  • शुभ दिन बिहानीको
  • कोरोना भाइरस
  • काली
  • प्रेम पाप होइन
  • हिँड्छु
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)

Last viewed:

  • महलकी रानी
  • छोरो बिरामी भयो
  • आँसुको बिजनेस
  • पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
  • मिथिलाक किसान
  • तिमीले सोच्यौ होला
  • गाह्राे हुन्छ
  • कुकुर
  • साँच्दा साँच्दै कुनै बेला
  • लक्ष्मी पुजा गरी दिदी
  • हौँ देश ब्यूँझाउने
  • नेपाली हुनुको गौरव
  • नमेटिने दुरी
  • बालश्रम
  • म पानी हुँ
  • नगरबधु
  • कल्पनाको गगन
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पनि द्यौता मान्छु
  • बोल-बोल एबोला
  • विकृत फूलहरूसँगको साक्षात्कार
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • म र मेरो देश
  • गजल ( बिर्सिएको छैन आमा )
  • शान्ति गीत
  • विद्यार्थी हुँ म
  • औँलाको सूक्ष्म रेखामा
  • दुनिया हेर्न खोजेको थियो ऊ
  • जल्लाद
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित