सम्झनाको दियो सधैँ बली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।
अजर-अमर मेरो माया जनम जनमको
गरुँ के कुरा तोडिने बाचा-कसमको ?
बहुरूपी दुनियाँ छली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।
सबै सत्य हुँदैन हो सुनेको देखेको
हुन्छ त्यही जे छ यो भाग्यमा लेखेको
दिन रातसँगै उमेर-ढली रहेछ
मिलन अझै सपनीमा चली रहेछ ।