Skip to content

हर दिन हर पल तिम्रै छ सम्झना


हर दिन हर पल तिम्रै छ सम्झना
तिमीसँग माया गास्ने थियो मेरो चाहना
भोलि-भोलि भन्दै दिन छन् बितेका
कुरा तिम्रा भनी देऊ सुटुक्कई मनका

माया तिमीलाई गरूँला महभन्दा मिठो
संसारमै पाउने छैनौ म जस्तो ठिटो
झुटा होइन साँचो हो यो मेरो माया
दु:खमा दिऊँला तिमीलाई छाँया

भरिदेऊ मेरो यो रित्तो मायाको झोली
नत्र भने बैंस जाला भन्दा-भन्दै भोलि
एक पटक मेरो बगैचामा रोपिएर हेर
तिम्रो जीवन फुलाऊँला म माली भएर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *