Skip to content

अङ्गुरका पातहरू

  • by


पोहोर साल पनि
यसरी नै पलाएका थिए पातहरू
यी अङ्गुरका बोटहरूमा
गर्मीको पट्यारलाग्दो सन्नाटामा
लहलहाउँदा पातहरू सुनसान थिए
चुपचाप थिए
अलिकति हावा
अलिकति शीतलताको खोजीमा
त्यहाँ तिमी थियौँ
त्यहाँ म थिएँ
‘प्रकृतिको भाषा थाहा छ ?’
तिमीले सोध्यौँ
‘तिमीलाई थाहा भए
पातहरूको
यो मौनता भङ्ग गर न त’
मैले भनें
तिमीले अनायस
अनौठो पाराले सुसेल्न थाल्यौ
म त छक्क परेँ
अङ्गुरका पातहरू अचानक
हावामा लहराउन थाले
खुसी र आश्चर्यले
मैले तिमीलाई
निक्कैबेर हेरिरहेँ
टोल्हाउदै हेरिरहें
यो सालको
चर्को गर्मीमा
यी अङ्गुरका झ्याङहरू मुनि
अमूर्त सम्झनाको कोलाजमा
यतिबेला
म एक्लै छु
अचम्म !
पोहोर सालको
तिम्रै सुसेली
अनायस सुसेल्दा
यी चुपचाप पातहरू
फेरि त्यसरी नै लहराए
फेरि त्यसरी नै सल्बलाए
शरीरमा आएको
यो अनौठो कम्पन
यो मीठो शीतलता
के तिमी नै होइनौ ?
हाल ः काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *