Skip to content


मुद्दा
तिम्रो आँखाको अदालतमा
विचाराधीन छ
मेरो
मायाको मुद्दा !
नयाँ वर्ष

वि.सं. २०६६ मा मरें

वि.सं. २०६७ मा जन्मिएँ ।
यथार्थ
ईश्वरहरू
शौचालय जाँदैनन्
किनभने उनीहरू
मान्छे होइनन्
विडम्बना
बिहान
बेलुका
साँझमा
मध्यरातमा

अक्षरसँग सम्भोग गर्छु
तिमी
उपन्यास
कथा
कविता
गीत-गजल भनेर
रमाइ रमाइ पढ्छौ
मेरो अक्षर-क्रीडा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *