पत्थरलाई देउता सम्झी, पुजेपछि यस्तो भयो ।
मन उस्तै होला भन्ने, बुझेपछि यस्तो भयो ।
झरीले त कत्ति पनि, रुझाउन सक्याथे’न
आँखाबाट जिन्दगी यो, रुझेपछि यस्तो भयो ।
सगरमाथा चढ्नलाग्या, मिठो सपना देख्दादेख्दै
मध्यरातमा बेसुरमा, ब्यूँझेपछि यस्तो भयो ।
पिँजडामा बस्दा बरु, आकाश देख्दै रमाउथ्यो
मनको चरी तिमीले नै कुँजेपछि यस्तो भयो ।
शनिश्चरे, मोरङ
हाल ः दमक, झापा