Skip to content


सत्य – सदाचारको खडेरी परेको हो कि
मान्छेभित्र दूराचारको रोग सरेको हो कि

हिजो एउटै थालमा भात खाने दाजुहरू
आज एउटा भोकै किन पाप बढेको हो कि

धर्ती यौटै-आकाश यौटै जन्मजाता एउटै तर
प्रेम-सद्भाव कहाँ हरायो युगै बदलिएको हो कि

ईश्वरको सृष्टि संसार यस्तो कसोगरी भयो
ईश्वर-परमेश्वर नै आज ठाँउ सरेको हो कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *