Skip to content


अँध्यारो भयो जीवन रातको के मतलब
लाशै भै बाचेकोलाई घातको के मतलब

सँगै बाँच्ने कसम टुटे सपनाहरू फुटे
अब गरिने मायालु बातको के मतलब

पिरतीको रूखै सुक्यो वसन्त नै टाढा पुग्यो
अब पलाउने हरिया पातको के मतलब

कलेजोमाथि टेकियो चाहानाहरू मेटियो
त्यो सुगंधित फूलको खातको के मतलब

मनैदेखि फाल्यो रूख चढाई फेद ढाल्यो
साहारा दिन खोज्ने ती हातको के मतलब

दीर्घ क्षत्री विवश

Leave a Reply

Your email address will not be published. Required fields are marked *