Skip to content

घुस्याहा बाउको छुच्चो छोरो

  • by


मन चैँ कालो, देख्दा गोरो
घुस्याहा बाउको छुच्चो छोरो ।

कलिलो कलिलो तीखो काँडो
पुल्पुलिएको दम्भी भाँडो
रिस उसलाई उठ्दछ चाँडो
साथीहरूमा उही छ घाँडो ।

मन चैँ कालो, देख्दा गोरो
घुस्याहा बाउको छुच्चो छोरो ।

छाती त्यसको मैदान बाँझो
माया बिनाको खोक्रो धाँजो
अरूहरूलाई हाल्दछ भाँजो
खान्छ एक्लै हाल्दै पाँजो ।

मन चैँ कालो, देख्दा गोरो
घुस्याहा बाउको छुच्चो छोरो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *