Skip to content


गोली बम बारूदहरू फाली आओस् नयाँ सालले
बुद्धको शान्तिदीप बाली आओस् नयाँ सालले

भात्किएका झुपड़ी र भासिएका बाटो खन्न
बिकासको पाईला चाली आओस् नयाँ सालले

लुछाचूड़ी गरी गरी, हाम्री यी नेपाल आमाको
च्यातिएको चोली टाली आओस् नयाँ सालले

देश बनाउन आएका नेताजी भनाउँदाहरूको
भ्रस्टाचारी खाबो ढाली आओस् नयाँ सालले

भोकमरी र गरिबीले मर्न लाग्या जनतालाई
खुवाएर खानेकुरा पाली आओस् नयाँ सालले

जे हुनु भो पुराना ती, अतितका कर्तुत बिर्सि
सत्कर्मको थालनी थाली आओस् नयाँ सालले

जनवरी १, २०११

Leave a Reply

Your email address will not be published. Required fields are marked *