• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

आत्मा र परमात्माको खोज

kbs — Sun, 01/02/2011 - 17:28

  • अनुभूति/मनोन्यास
  • हस्त गौतम "मृदुल"

जीवन एक तत्व हो। तत्व तत्वबीच द्वन्द्व भइरहन्छ। प्राण तत्व, प्रकाश तत्व, बायु तत्व, जल तत्व, थल तत्व, ध्वनि तत्व, आकास तत्व नै प्रमुख हुन। यी तत्व तत्वबीच पनि आपसी मेल र बिमल हुन्छ। धर्ममा तत्वको ठुलो हिसाब रहेको छ। कोही प्राण तत्वको ज्ञाता छन तर कोही आत्मातत्व। आजसम्म कुनै भगवानहरू ईश्वर भेटाउन सकेका छैनन। तत्व नै ईश्वर बनेको छ सृष्ट्रिमा। यही तत्व नै परमशक्तिशाली छ। रहस्यमय छ। अकल्पीय र ब्यापक छ। मान्छेको दिमागले यी सबै तत्वको अन्बेषण गर्न सक्दैन। जसले सही उपचार गर्छ उही राम्रो डाक्टर बन्छ। त्यस्तै, जसले सही ज्ञान दिन्छ उही सच्चा धार्मिक हुन्छ। शिबलाई शिब बनाउने, रामलाई राम बनाउने, कृष्णलाई कृष्ण बनाउने, बुद्धलाई बुद्ध बनाउने, क्राइष्टलाई क्राइष्ट बनाउने, महमतलाई महमत बनाउने, जैनलाई जैन बनाउने त्यो दिब्य तत्व नै ईश्वर हो। मान्छेलाई ईश्वर बनाउने परम त्यो दिब्य तत्वको खोजीमा नै आविस्कार भैरहेको छ। कुनै पनि बस्तुको महत्व त्यो ब्याक्तिको इच्क्षामा केन्द्रित गर्छ। मैले हिराको चाहाना गरे मात्र त्यस्को मूल्य बढछ। त्यस्तै बाहानाभित्र जुन मूल्य छ त्यो नै त्यस्को सिंगो अस्तित्व हो। मैले चाहाना नगरे कसैको हुन्छ। मान्छे चाहानाकै रंग लिएर जन्मिएको हुन्छ। जब त्यो रंग उडेर जान्छ त्यस पछि मान्छे नै हराउछ। हो म त्यही रंगको त्यान्द्रोमा झुन्डिएर फेरि जन्मन्छु। त्यही पानी बरफ, त्यही पानी बाफ। आखिर पानी त पानी नै हो। तत्वको तन्तुबाट नै जीवन बन्छ। आत्माले जुन तत्वको बिषयमा आत्मासाथ गर्छ जीवन त्यहीमा गएर बाँधिन्छ अनि फेरि त्यहीबाट स्वतन्त्र हुन्छ। जीवन जुन डाँडाबाट उदायो फेरि त्यही डाडाबाट अस्ताउछ। जीवन सुन्यबाट सुरु भो र फेरि सुन्यमा नै हराउछ। आत्माबाट मनको बृत्ति हुन्छ। मनलाई शरिरबाट पन्छाएर सोच्ने हो भने त्यहाँ केबल सुन्य हुन्छ र आत्माले आफ्नो काम गरिरहेको हुन्छ। पशुमा हुने आत्मा, मान्छेमा हुने, बृक्षमा हुने आत्मा एउटै हिसाबबाट प्रभाह हुन्छ। आत्मा पशु भए पनि, बृक्ष भए पनि मान्छे भए पनि आफ्नो ठाउमा आत्मा नै व्यापक रहन्छ। त्यही आत्मा कसैले नदेखेको परमात्मासँग मेलमिलाप गर्दछ। मान्छेमा महसुस गर्ने बृत्ति ज्यादै छ। अथार्थ मन्को चेतना ब्यापक हुन्छ।

आखिर बुद्धले आत्माको निरन्तरतालाई बुझेपछि शरीरको मोह त्यागेका थिए। मनको पछि लाग्नेहरू मान्छे र आत्माको पछि लाग्नेहरू बुद्ध हुन्छन। आत्माको हिंशा नगर्न सल्लाह दिएकै आत्माको एकरुपतामा नै हो। आत्मालाई बीचलित नपार्न बुद्धले संसारलाई झकझकाएका हुन। आयु नपुग्दै कुनै घटनाद्धारा मरेको आत्मा र समय नपुग्दै फलेको फलको अवस्था एउटै हुन्छ। बीचलित आत्मा प्रेत आत्माको रुपमा भौतारिएर दुख झेल्दछ। हिंशामा आत्मालाई नररुवाउ। आत्मालाई शान्तिले नै प्रज्ज्वलित गर्छ। शान्ति बहुत ठुलो शक्ति हो जहाँबाट आत्माले चियाउन सक्छ हरेकको मनमा अनि हरेकको जीवनमा। प्रजातन्त्रमा आत्मालाई बीचलित पार्दैनन। किनभने प्रजातन्त्र नै हरेकको आदर र सत्कारबाट जन्मने सिद्धान्त हो। उच्च बीचार र ब्याबहारबाट जन्मने हो। राजनीति शैतानिक आगो हो जहाँ हरेकको आत्मा डडाउने काम गर्छ। शैतानिक आगो रगतले मात्रै निभाउदछ। त्यसैले धर्तीमा रगत भोक खाने राजनीति अक्तीयार गरेका छन। आपसी द्वन्द्व नै समधान बनाएका छन। पृथ्वी सबैको साझा घर हुदा हुदै पनि धेरै घर बनाउनु परेको छ। मानवजाती एउटै जातीको भए पनि भेदभावले अनेक जातीमा छुटयाएको छ। यही नै राजनीतिको उपलब्धी हो। म यो उपलब्धी मेटाउन चाहान्छु। परम शान्ति बिनाको पृथ्वी नै खल्लो भो। दैविय शक्ति, धर्म, खुशी, कर्तब्य, गतिशिल्ता, आत्मीय सम्बन्ध, सदभाव, सदज्ञान, कल्पना, बुद्धि, बिज्ञान, अनुसन्धान, खोजी, न्याय, सत्य, आस्था, दर्शण, आदर्श त्याग, सृजना समझदारी, शान्ति जस्ता गुणहरू नै प्रजातन्त्रका बलिया जग हुन। अथार्थ मानवता बिनाको प्रजातन्त्र रस बिनाको फल नै हो। रस नभए कस्ले फलको आस गर्छर। मेरो देशमा पटक पटक रस बिनाको फल फलाउन खोज्छन। मलाई यहीमा नै अन्तरबिरोध छ। भगवत गीता बिस्वका मानव जातिका लागि हो तर बाइबल पढ्नेले गीतालाई सोत्तर-स्याउलो ठान्दछन। गीता पढनेले बाइबललाई बेकार ठान्दछन। यो होइन हरेक ग्रन्थ ज्ञानका पुन्ज हुन। जुन जहाँबाट जन्मयो त्यो त्यही गएर सकिन्छ। एकाइसौ सताब्दीको कुटिल प्रजातन्त्र मैले खोजेको होइन। रुखहरू आफ्नो फलखानबाट कस्लाई रोकेका छन र....। हो प्रजातन्त्र त्यही नै रुख हो जहाँका जनताहरू फलखानबाट कहिल्यै बन्चित हुन्नन। शक्ति, स्रोत र साधन सबैको पेवा हो यो प्रजातन्त्रले नै सिकाउछ। मान्छेले नै आफ्नो कुटिल स्वार्थसिद्धिका लागि रुखको फल खानबाट रोक लगाएको छ। यो नै अन्त्य हुनु पर्छ। यो विभेद हटाउनु आवस्यक छ। यहाँ कहिल्यै आफूले भने जस्तो भएन जहिले पनि राजनैतिक अन्धकारले छाइ रह्यो।

जीवन मुक्तिको सारभुत तत्व आत्मानुभूति नै हो। सत्यताको मार्गबाट नै आत्मानुभूतिको परम लक्ष्यमा पुग्न सकिन्छ। सत्यताको परिभाषा ज्ञानले गराउछ। अन्तस्ग्रस्त मनले ज्ञानको प्राप्त गर्न सक्दैन। मनलाई ज्ञान आर्जन तर्फ लगाउन न त वन पसेर हुन्छ न त घरको चारदिवार भित्र। मन संसारिक हरकार्य गर्दा गर्दै पनि ज्ञान प्राप्त गर्न सक्छ। मैले नै गर्दै छु भन्ने होइन म कुनै तत्वको आदेशमा गर्दै छु। त्यो आत्मा तत्वले सवथोक गराउछ। कसैले कसैलाई केही गराउँदैन। यो सव सवले सबैलाई गराउछ किनकि यो सव त्यही आत्मा तत्व हो। यो कार्य गर्दाको शाक्षी आत्मा नै छ। त्यो साक्षी आत्मा स्वयं आफै हो। आत्मातत्वको खोजी गर्न स्वयंमा पुग्नु पर्छ। अन्तकतै जानु पर्दैन। जस्तै जति गहिरो कुवा खन्यो उति मिठो पानी भेटिदै जान्छ। त्यसैगरी जति सक्यो त्यति नै खोजी गर्दा आत्मात्वको आभाष हुदै जान्छ। आत्माको कुवाबाट ज्ञानको पानी झिक्ने साधन मन हो। यो मन प्रदुशणयुक्त भएमा पानीको मुल देखी वाताबरण नै दुषित बनाइ दिन्छ। दुषित मनले पवित्रजल प्रदान गर्न सक्दैन। तसर्थ, पानी जस्तै मनपनि स्वच्छ, निर्मल र सत्यताको शितलताले माझिनु पर्छ। बिस्वास एवं आत्मभत्तिको डोरीले बाँधेर मनको भाँडो अगाध गहिरो आत्माको कुवामा छोडदै गएमा अवस्य भाँडोमा पानी भरिने छ र त्यो पवित्र आत्मारुपी जल स्वत प्राप्त हुने छ।

यो चैतन्य जलले सिंगो ब्रम्हाण्डसँग शाक्षात गराउने छ। जब त्यही जलरुपी आत्माले जल ग्रहण गर्छ तब परमात्माको सिन्धुमा समाहित हुन्छ। आत्माहरू बिन्दु बिन्दु हुन, परमात्मा एउटै सिन्धु हो। बिन्दु बिनाको सिन्धु अधुरो रहन्छ। यस्को तातपर्यको निम्ती आत्माबीचार गर्न अनिबार्य छ। शरीरमा आत्मा कहाँ छ? सायद प्रश्नको जवाफ पनि छ जसरी तीलमा तेल, दाउरामा आगो त्यसैगरी शरीरमा आत्मा शुक्ष्मभावले प्रभुत्ववान रहन्छ। प्राणीको मन जुन बीचारले कार्यरत छ। शरीरको हर इन्द्रीय त्यही अनुरुप चल्छ। एउटा कमाण्डरले सैनिकहरूलाई उसैको आदेशमा परिचालन गर्छ। त्यो मनले संचालन गर्छ र त्यही कार्य धारण गर्छ। कमाण्डर भन्दा पनि माथि कुनै छ भने त्यो आत्मा नै हो। आत्मा भन्दा पनि माथि कोही छ, त्यो हो परमात्मा, त्यो परमात्माभन्दा माथि चैतन्य स्वरुपमा परमेश्वर छन।

हाम्रो जीवनको कुनै मोल छैन, किनकि हामीले आफ्नो मूल्यलाई चिनेका छैनौं। मालको न मूल्य हुन्छ। अर्थाथ हामी मूल्यहीन माल हौ। किन्नेले किन्नलाई घटाउन खोज्छ। बेचिनले आफ्नो मूल्य नै निर्धारण गर्न जान्दैन। आफ्नो जीवनको मूल्य चिन्नेलाई भगवानले सित्तैमा बीचार शक्ति दिएको छ। यही बीचार शक्ति आफैमा आत्माशक्तिको मानले चिनिन्छ। बीचार शक्तिको बोध भएको खण्डमा यति परम आनन्द प्राप्त छ। जति कुनै पनि भौतिक साधनबाट प्राप्त हुन सक्दैन, जसरी आगो सुकेको दाउरा बाले पछि प्रकट हुन्छ। त्यसैगरी आत्मा शरिरमा आनन्दको प्रकाश प्रकट गर्दछ। आनन्दको भन्डार स्वयंममा संरक्षित छ। तैपनि हामी भौतिक अनेक साधनको खोजी गर्छौ। जसरी बालक चन्द्रमा देखे पछि त्यस्मा भुल्छ। त्यसैगरी सिमित स्रोत र साधन अनि शक्तिमा हामी अल्झिन्छौं। हामीमा जे छैन त्यो ब्रह्माण्डमा छैन। जे छ त्यो ब्रह्माण्डमा त्यो हामीमा छैन। शुक्ष्म प्रमाणुबाट झन कति शक्ति प्रकट हुन्छ। देवताहरूको पालामा अश्रहरू जति थिए त्यस्को केही गुणामात्र अहिलेको अश्र हुन। बाहिर संसार भुल्न हामी जसरी निदाउछौ। त्यसैगरी जाग्रित अवस्थामै सपना अवस्थामा पुगेपछि यी सम्मपुर्ण शक्तिको पहिचान हुन्छ। यो प्रमाण श्री कृष्ण , राम, अनेक शिद्धयोगीहरूले अबगत गराएकै छन। त्यो भन्दा बिशेष तत्वधान हाम्रो पुज्य बेदहरू, उपनिषद, पुराण लगायत अन्य धर्म ग्रन्थहरूले परिभाषित पारिरहेका छन। हामी सयमंमा भगवान बुद्ध, कृष्ण क्राइष्ट, गुरु नानक, गुरु गोरखनाथ, सीता जस्ता ऐतिहासिक हस्तीहरूसँग ज्ञानमार्फत साक्षातकार गर्न सक्छौ। मोह र अहम अनि अहंकारको गर्भाशय भित्र अज्ञानताको जालीले ढाकिएर शुरक्षित रहेका हुनाले हामी बास्तबिकता भन्दा धेरै पर र्छाै। हामीले भौतिक भोक र प्यास मात्र लाग्छ। बीचार नै सृष्ट्रिको सृष्ट्रा हो। यसैले हाम्रो शरिर निर्माण गर्छ। दुख सुख चिसो तातो, राम्रो, नराम्रो लाभ हानी ज्ञान बिज्ञान मात्र तयार गर्दैन। यस्ले शरिर र जगतका प्रत्यक चीज तयार गर्छ। आत्मा ब्रह्माणु शक्तिपुन्ज हो। बीचार त्यस्को प्रभाह। आत्मा शान्ति बीचारको तरंगबाट, प्रभाह हुन्छ। यस्को गतिको तुलना आधुनिक बिज्ञानले पनि गर्न सकेको छैन। बिध्युत शक्ति एक सेकेन्डमा पृथ्वीको सात फन्को मार्न सक्छ। बीचार शक्ति त्यो भन्दा दोब्बर सक्तिशाली छ। मानिस एैश्वर्यको भत्ति भैसकेको छ। तैपनी यो सबै सम्पती त्याग्छ कुन बेला? जन्मे देखी मरणसम्म यो संसारिक सम्पतीबाट अलग छ। त्यतिखेर आत्मामा अथार्थ शुक्ष्मशरिर धारण गर्छ अनि सपनामा अनेक आश्चर्य र अलौकिक रुपमा बीचरण गर्छ। त्यो अवस्थामा पनि प्राण जिउदै छ। म छु भन्ने भाव छ। अर्थाथ आत्मा मै हुँ भन्ने स्वतन्त्र अवस्था छ। आत्मा जहिले पनि स्वतन्त्र नै हुन्छ। बन्धनमा त यो शरीर परेको छ। यो शरीर प्रकृतिबाट पण्चतत्वको सहयोग लिएर बनेको छ। अरुबाट बनेकोले यो मुक्त छैन। आत्मा स्वयं प्रकट हुन्छ। यो आफैमा मोक्ष छ। महाँयोगीहरू यो शरीर र यो आत्माको भेद जानेर, शरीरबाट अलग हुँ भनी आत्माबोध भएपछि बुद्धत्व प्राप्त गर्छन।

भगवान गौतम बुद्ध यो अवस्थाभन्दा पनि माथि थिए। यो शरीरको घर नासबान छ तर आत्मा अनन्त प्रकाशमान छ। शरीर अन्धकार छ, आत्मा दिब्य उज्यालो छ। अन्धकार नभै उज्यालो हुन्न। अन्धकार उज्यालोको गर्भाशय हो। उज्यालोको बोधाभाष अन्धकारमै हुन्छ। अन्धकार उज्यालोको कवच हो। जहाँ अन्धकार छ त्यही प्रकाश छ। अन्धकार र उज्यालोको सहवासमा प्रकट हुने शास्वत चैतन्य फेरि यी दुबैबाट अलग छ। त्यही चैनन्यलाई हामी परमेश्वर भन्छौं। आगो आगो सँगै मिल्छ। पानी पानी सँगै मिल्छ। हावा हावासँगै मिल्छ। त्यसैगरी आत्मा आत्मासँगै मिल्छ। जसरी सागरमा पुगेपछि सबै नदीको नाम हराउछ त्यसैगरी आत्मामा मिले पछि शरीरको परिचय बिलाउछ।

परमात्माको सामु सबै आत्माहरू लिन हुन्छन। जसरी हिन्दमहासागरमा पुगे पछि गण्डकी, कोशी कर्णालीको पानी थाहा हुन्न त्यसैगरी परमात्मामा मिलेपछि को कस्को आत्मा सबै एकाकार हुन्छन। शरीरको अर्थ टुगो लागेपछि आत्मा परमात्माको सागरमा बिलय हुन्छ। आत्मा परमात्मामा मिले पनि स्वतन्त्र नै छ। आत्मा परमात्माको बन्धनमा छैन। यो जहाँ जहिले जसरी जस्तो पनि अवस्थामा प्रकट हुन्छ र फेरि त्यहीमा गएर आउँछ। मानिसले शरीरको अहंकारमा आत्माको स्वभिमान गुमाएका छन। मानिसले शरीरको अज्ञानतामा आत्माको महिमा भुलेका छन। कतिपल्ट आत्मा जन्म्यो थाहा छैन किनभनेबाटो नै भुलिसक्यौं। मानिसले जब अहकार र महमताको भेद थाहा पाउँछन तब ती जन्मेर जन्मिरहन्छन। मर्दैनन। हामी जन्मने र मर्ने गरिरहेका छौ। किनभने हामीमा अनगिन्ती लालच छ मन्मा। अनगिन्ती आर्कषण छ धनमा। म जन्मिरहन सक्छु तर बुद्ध कहिल्यै जन्मनु पर्दैन। म बन्धनमा छु उनी स्वतन्त्र। यही फरक छ हामीमा। भगवती सीता जन्मिरहन पर्दैन तर म जन्मिरहन सक्छु। ईश्वर कुनै ब्यक्ति होइन यो त शास्वत चैतन्य तत्व हो। यस्को आराधना स्वयं भगबान संकर गर्छन। बुद्ध गर्छन। जिसस क्राइष्ट गर्छन। महमद गर्छन। बिज्ञान धेरै पछि सफल हुने छ कि आत्मा कस्तो अवस्थामा रहन्छ भन्ने। क्राइष्ट भन्छन मलाई मेरो पिताले उद्धारका लागि पठाउनु भएको हो। यस्को मतलव उनीभन्दा माथि कोही छ। क्रुसमा आफूलाई झुण्डाउने बेला भने हे पिता, यिनीहरू अज्ञानी हुन। तसर्थ यिनीहरूलाई क्षमा गर। यिनीहरूले के गरिरहेका छन त्यो यिनीहरूलाई नै थाहा छैन भन्दै क्षमा माग्छन। यही दैवियभाबले परमेश्वर बनायो। आफूलाई मार्नेका लागि क्षमा मागीदिने महान आत्मा नै क्राइष्ट बने।

आत्माको निम्ती शरीर एक सुन्दर मन्दिर हो भन्दै आत्माको बयान दिएका छन। उनैले भन्छन। म र मेरो पिता एउटै हुन। आत्मा र परमात्मामा लिन भएपछि परमात्मा पनि आत्मा र आत्मा पनि परमात्मा हुने सौभाग्य पाउछ। आत्मा स्वयं चैतन्य परमात्माको एक अंश हो। म मेरो पिता एकै हौ किनकि म नै मेरो पिताबाट आएँ। बुवामा जे जस्तो तत्व छ त्यो ममा पनि त्यही नै छ। ब्रह्माण्ड एउटै चैतन्य र शास्वत तत्वरुपी पिता र प्रकृतिरुपी माताको सहवासबाट परिचालित छ। हाम्रो महान बैद्धिक ज्ञानले यही कुरो प्रकट गर्छ। भगवान कृष्णले भगवत गीतामा प्रकृति र पुरुष एउटै भनी सम्पूर्ण भ्रमबाट छुटकारा दिलाएका छन। सूर्यका वरिपरि ग्रहरू घुमीरहन्छन र त्यही बेला आफ्नो सबैकर्तब्य पनि पुरा गर्छन। उपग्रहले ग्रहको परिक्रमा गर्छन। आत्माको परिक्रमण प्रकृतिले गर्छ। पृथ्वी सूर्यका वरिपरि फन्को मार्छ र आफै पनि घुमिरहन्छ। त्यसै गरी प्रकृति पुरुष सहवासमा रहिकन पनि आफ्नो सृष्ट्रिको गतिमा अबिरल संचालन हुन्छ। चन्दमा उपग्रह हो यो माया हो। आत्मा शरीर माया। यी सूर्य पृथ्वी र चन्द्रमा। सूर्यको अधिनमा पृथ्वी, पृथ्वीको अधिनमा चन्द्रमा। त्यसै गरी आत्माको अधिनमा शरीर, शरीरको अधिनमा माया छ। माया बाहिरी आवरण हो अथार्थ शक्ति। यो त सृष्टि र सृष्टाको बीचमा सेतु बाँधेर दुबैबाट काम लिने जादुगर तत्व हो। रुख प्राणी कसरी बढीरहेको छ त्यो हामीलाई थाहा छैन। मायाले तत्व तत्व बीचमा आपसी मिलन गराउछ। यो देखिदैन पनि गरिरहेको हुन्छ। पुरुषले गुमाउदा प्रकृतिले पाउँछिन। प्रकृतिले गुमाउदा पुरुषले पाउछ। आत्मा प्रकृतिमा प्रकट हुन्छ। प्रकृति आत्मामा। यर्थाथ तरबारका दुवै भागको एउटै धार जस्तै छ। यही धार माया हो। प्राप्ति र प्रकटको संयोजन मायाले गर्दछ। यो आश्चर्यदायक कर्म छ। मायाको भ्रमबाट तत्वज्ञानीमात्र उम्कन सक्छन। म यही मायामा रुपल्लिएको छु।

हामी आज आफैसँग टाढा भएका छौ। कस्तुरी मृगले आफ्नै बिनाको बास्ना बाहिर बाहिर सुंग्छ त्यसै गरी भित्र भुलेर बाहिरकै महत्व दिएका छौ। हामीसँग के छैन तैपनि भिखारी सरह बाहिर मागिरहेका छौ। अति रिसाएको आमाको दुध पिउने बालक बिरामी हुन्छ या मर्न सक्छ किनभने रिसले शरीरलाई बिषालु बनाएको हुन्छ। शरीर बिषालु छ भने मन पनि बिषालु नै बन्छ। मनले जे धारण गर्छ शरीरले त्यही धारण गर्छ। तसर्थ सधैं सबै कुरा भुलेर आफैमा रमाउन अनुरोध गर्दै छु। भमराहरू अनेक फूलहरू प्रयोग गर्दै छोडदै जान्छ। तर हामी एकै बस्तुमा आफ्नो प्रभुत्व जमाउछौ किनकि हामी अत्याधिक लोभी छौ। जुन घरमा बस्छौ त्यो हामी छउन्जेलका लागि मात्र हो। यी सबै बस्तु केवल बिपनामा एकछिन भुलाउनलाई मात्र हुन। हामी सपनामा पनि त्यही बस्तु देख्छौ तर त्यो चाहेर पाउदैन। अस्तित्व मात्रै छ। हाम्रो आधा जिवन त सपनामै बितेर जान्छ। तर आधा बिपनाका लागि मात्र तेरो मेरोको बन्धनमा बाँधिन्छौ। स्वार्थको पराकाष्टा नै यहीनिर टुगिन्छ। आत्मा साक्षेतकारको अभाव नै अज्ञानता हो। चाहाने र पुर्याउने यही नै आत्मा हो। प्रश्न र जवाफ पनि यही आत्मा हो। हिन्दै पाइलो मेटाउदै जस्तो छ यो जीवन। आखिर त्यो भन्दा पर वास्तवमा केही छैन। मैले बयान गरेको आत्मा र शरीरको महत्वले आजको मान्छे पापी र लोभको बन्धनमा छ। सबैबस्तु शक्तिबाट अधिनमा पार्न सकिन्छ तर आत्मा पर्दैन। आत्माको निम्ती आत्मा स्वभीमानको जरुरत पर्छ ।

लोभ लालचको पछि लाग्दा मैले ईस्वर नै बिर्सेको छु। मैले दैवलाई पनि छोडेर लालचको पछि लागेर अनमोल जीवनलाई गुमाइरहेको छु। ब्रह्मारुपी महासागरबाट, बुँदरुपी जीवन लिएर म यो सपनील संसारमा आएँ। नाता, माया अनि लोभको बन्धनमा परें जसरी हावा बेलुनमा भित्रै बस्न बाध्य छ त्यसैगरी यो शरीरको बेलुनमा स्वास बसेको छ। आखिर जीवन यही बेलुन रहेछ। कति कमजोर जीवन। कति शुक्ष्म यो जीवन। म त्यही बिहानीमा टल्कने सीतको थोपा भएको छु। मेरो लोभलाई नष्ट कसरी गरुँ म? मेरो अहंकारलाई कसरी जलाउ म? मेरो इर्ष्यालाई कसरी मारिदिउ? जसरी बिषालु सर्प मार्न खोज्छन। त्यसै गरी म अरुको नजरमा परेको छु। विष बिनाको सर्पलाई मार्न खोज्दैनन। बरु खेल्न र खेलाउन खोज्छन। म यही अंहकारद्धार सताइएको छु। अहंकार नै अन्त्यष्टी हो जीवनको। योबाट पन्छिन चाहान्छु। राम्रो बीचारले सबैथोक राम्रो हुन्छ। नराम्रो परिस्थितिलाई पनि राम्रो बनाउछ। जसरी सर्पले आफ्नो काँचुली फाल्छ त्यसै गरी मेरा सबै खराब तत्वहरू फाल्न खोजेको छु। । हे लोभ सबैथोक दिन्छु तिमी मबाट जाउ। म खोला बनेर सागर पुग्न चाहान्छु। यताउता लरखराउने खोला कहिल्यै सागरमा पुग्न सक्दैन। चीर निन्द्रा नै मृत्यु हो। दिनमा एक पटक सुतेकै छु र पनि फेरि सधैंका लागि सुत्नुपर्ने।....जो आत्माले देख्छ त्यो नै जीवन हो। जो नखोजेर पाइन्छ, न रोजेर भेटाइन्छ। न देखेरै देखिने, न सुनिएरै सुनिने, जो न खाएरै खाइन्छ। त्यो भन्दा सत्य अरु के होला। मृत्युपछि त्यही लामो सपनाले पछयाउछ। जीवन केवल सपना नै त रैछ। सपनाको महासागरमा जीवनलाई पुर्याउनु छ एकदिन। कठै सोच्दा पनि अनौठो लाग्छ। के म त्यो सपनासँगै हराउछु त? हो म हराउछु। म चाहेर फेरि आउन सक्दैन। म एकदिन बिहानीको सित हराए झै हराउछु। हो म एकदिन त्यो मृत्युको क्षितिज भित्र संधाकालागि हराउछु। मेरा स्मृतिहरू बिस्तारै बिस्तारै हराउछन। बास्तवमा सबै थोक हराएर पाउने के त? ...पाउने केवल कर्म नै हो। कर्मले नै मान्छेलाई अमर बनाउछ। मरेर नमरेकाहरूको बीचमा पुग्न पाए हुने थियो। थाहा छैन के हुन्छ कहाँ पुगिन्छ। सबैभन्दा पीडा नै शरीरबाट प्राण पखेरु छोडदा हुन्छ। हुन पनि यति माया गरेर बसेको प्राण झटट छोडेर जान पनि गर्यो। फेरि कता जान्छ। के हुन्छ। यी सबै कल्पनाका भुवा हुन जो स्वतन्त्रसँग उडीरहन्छ। मरण सरल त ति भाग्यमानीहरूलाई हुन्छ जो पाप कर्मबाट मुक्त हुन्छन। मन शरीर र आत्माको बीचमा बसेर दुख भोग्छ। शरिरमा मनले नै अनुभूति गर्छ। मन दुखे शरीर दुख्ने हो नत्र दुख्दैन। मैले एउटी केटीलाई मन पराएँ। मनले उ बिना बाँच्न नसक्ने भो। एकदिन एकान्तमा भेटे। उनी केही पर थिइन तर मेरो मनले उनलाई स्पर्श गर्यो। सबै प्राप्त गर्यो र तृप्त भयो। मैले भोलिपल्ट सोधे के तिमीले स्पर्श गरेको थाहा पायौ त?। उनको जवाफ थियो। मैले थाहा नै पाएन। मैले सोचे आखिर त्यो केटीबाट प्राप्त हुने रस आखिर यही मनमा नै रैछ। मनले प्राप्त गरे अरु केले प्राप्त गर्न बाँकी रह्यो र। मनले स्पर्श गरेको तेही मनको केटी नै हो त्यो होइन।

पानीमा देखिएको सूर्यको छायाँ त्यो सूर्य होइन। पानीमा देखिएको सूर्यको छायाँलाई हलाउदा सूर्य हल्लिदैन। छायाँको सूर्य त सूर्य होइन। अर्थाथ मनको तलाउमा देखिएको उन्को छायाँ उनी होइनन। तर मनले त्यो छायाँबाट पनि केही सार लिएर आफ्नो तृप्ति मेटाउछ। मनले ढुंगालाई पनि देवता बनाइदिन्छ। एकातिरबाट हेर्दा हामी कति भाग्यमानी छौ त्यति सक्तिशाली मन हामीसँगै छ। मन नरमा छ जाने नारायण बनाइदिन्छ। मन यही ब्रह्माण्डमा ब्याप्त छ। आत्मा मनकै छायाँमा रमाएर बस्छ। हामी भन्छौ हाम्रो प्राण यही ब्रह्माण्डमा रहीरहन्छ। कुनैदिन सपनामा नदेखेको मान्छे देख्छौ। कुनै नपुगेको ठाउमा पुगी रहन्छौ किनभने त्यो मनले नै यात्रा तय गरेको हुन्छ। मान्छे यति महान हुदाहुदै पनि ओरालो झेरेको छ। जागे पाइन्छ। सुते गुमाइन्छ। यही भएर म कहिले कहि राति पनि नसुतेर केही गरिरहेको हुन्छु। म केही लेख्दै गर्दा, चोरहरू, तस्करीहरू, नेताहरू नगरबधुहरू, बदमासहरू कहिल्यै सुत्दैनन।

यहाँ जन्मेर मर्नेहरूको कुनै मूल्य छैन। मूल्य त मरेर बाँच्नेहरूको पो छ। सृजक र सृष्टाहरू अमर छन। धर्तीको कठोर चटानको गर्भबाट मुल फुटेर नदी अनन्त महासागरमा मिल्न निरन्तर बगिरहेको छ। कति पवित्र, निर्मल अनि पोषकी छ। यो जल। कतै जम्दै कतै छछल्किंदै, कतै झर्नाको रुपमा सुसेल्दै अनन्त जलमयी जीवजन्तुलाई प्राणशक्ति प्रदान गदै आफ्नो अन्तिम सत्य परम लक्ष्य तर्फ लम्किरहेका छ। यात्राको अनन्त मोडहरूमा आइ आइपरेका यावत तगाराहरू, दुर्गन्धहरू, कडामा कडा चटटानहरू तोडदै फोडदै फेरि नर्फकने संगीत ओभाल्दै, कतै बेगबान कतै धिरज हुदै आफ्नो मुल अवस्थातिर लम्किरहेको छ। महासागर जहाँबाट जीवन अस्तित्व पाएथ्यो त्यो त्यतैतिर लम्किरहेको छ। जलमा जीवनदायीनी प्राण शक्ति निहित छ। आखिर त्यही नदी झै अबिरल बग्दै आत्माको नदीलाई महासागरमा मिलाउनै छ। बादल फेरि लिन आउने छ र फेरि आकासको गर्भबाट जन्मनु पर्ने छ। अनि फेरि नदी भएर उही निरन्तरतालाई पहिल्याउनु छ। जीवन त्यही नदी बनेर बग्दछ। आत्मा शरीरको संरक्षक, बिवेकको प्रकाश, जीवनको अन्तिम गति हो। नदीका फिंजहरू कर्तब्य बनेर उठीरहेका छन। फुटीरहेका छन कर्ममा तरंगहरू, किनारा चुम्न दौडिएकाछन। बीचारका भुमरीहरू परिरहेकाछन। यसैगरी जीवन बगिरहेको छ। बास्तवमा शरीर शारिरिक शक्ति, भावनात्मक शक्तिले जीवनलाई प्रवलता प्रदान गर्दछ। जति आत्मा आत्मैको खोजिमा तडपिन्छ। त्यति नै आफूमा आफू भेटिदै जान्छ। जब जीवनको अर्थ पत्ता लाग्न थाल्छ मृत्युले झम्टी हाल्छ। कसैले बताउन पाउदैनन। अशान्ति मन, बीचलित भावना, कुन्ठित बीचार त्यागेबिना आत्मानुभूतिको आभाष सम्भव छैन। शरीरले जति गुमाउदै जान्छ, आत्माले उति पाउदै जान्छ। आत्माले शरीरभन्दा पढी पाउने बाताबरण छैन। आत्माले शरीरभन्दा बढी पाउनेहरूनै अमरतामा बाँच्छन। हामी जीवनलाई शरीरमा बदलिदिएका छौ र यसैको सेवा र सुसारमा लागेका छौं। यसबाट हामीले आत्मा नै गुमाएका छौ। गुमाएको आत्माबाट भेटाउन सक्दैनौं। आफूलाई शरीरभान परेकोले हामी जन्म लिन्छौ। एउटा इन्जीनको साहारामा बस चले झै आत्माको साहारामा शरीर चलेको छ। स्थुल शरीर जब त्याग्छौ तब यस्को अस्तित्व हराउछ। यो प्राप्त गर्नमा कुनै गौरभ छैन। प्राण नै परमेश्वर हो यसैमा सबै निर्बासित छ। संचार अहिले बिकसित भएको होइन, मात्र यस्को स्वभाव फेरिएको हो। उहिले पनि संचार हुन्थ्यो। तपस्वी स्व.खडानन्दले गुजेस्वरीमा बसेर ओखलढुगांमा रहेकी आफ्नी आमा शक्त बिरामी भएको थाहा पाए। आमाको अवसान हुन लागेको थाहा पाएर तुरुन्त कोशीमा हिंडेर आमाको अन्तिम दर्शण गर्न पुगे। यस्को अर्थ यो की शक्तिलाई सदुपयोग गर्दा अहिले प्रबिधिमा ढाले तर पहिले मनबाट मनमै सम्पर्क राख्थे। बैज्ञानिकहरूको मुलस्रोत बैदिक ग्रन्थनै हो। संसारमा यस्तु कुन बस्तु छ जस्को ज्ञान हुनासाथ सबै बस्तुको ज्ञान हुन्छ? बैदिक बेद नै यस्तो ज्ञान हो जुन सबै बस्तुको ज्ञान प्राप्त गर्न सकिन्छ।

प्राण एक कुराबाट अर्को कुरामा सर्छ। प्राणको महत्व अझै बिज्ञानले फेला पार्न सकेको छैन। प्राणको एउटा तरंगले सबैलाई प्रभावित पार्दछ। सिद्धिप्राप्त नगरेको मान्छेबाट यो ज्ञान सम्भव छ्रैन। यहाँ मैले किन प्राणको महत्व दर्शाउन खोज्दैछु भने जीवन यही प्राणबाट संचालित छ। यो अनमोल छ। यो स्वतन्त्र छ। हरेक ब्यक्तिमा आ आफ्नो प्राणको रक्षा गर्न पाउने अधिकार छ। कसैले कसैको प्राण खोस्न पाउदैन। कसैले प्राणसँग बाजी मार्न पाउदैन। कसैले प्राणसँग खेलवाड गर्न पाउँदैन। प्राणको रक्षा हुनुपर्छ। प्राणलाई दण्ड दिनु सबैभन्दा ठुलो पाप हो। दण्डका धेरै कारण र साधन छन तर प्राणदण्डलाई कुनै कारण र साधन बनाउनु हुन्न। हरेकको जीवन सृजनात्मक शक्तिको भन्डार हो। गुणअबगुण सबैमा हुन्छ तर प्राण्डदण्ड त्यस्को सजाय होइन। सजाए त प्राणलाई बचाएर अवगुणलाई रित्याउनु हो। आफैमा प्रकट हुने शक्तिका घोतक हुन मान्छे। हरेक मान्छे आफैमा एक स्वयम्भु हुन। भगवान गौतम बुद्धको भनाइ छ। जो सँग जे छ त्यस्ले त्यही मात्र दिन सक्छ। मलाई बुद्धको बोधीबृक्ष हुनु छ। बास्तवमा तिम्रा यी दुई हात नै परमेस्वर हुन, यिनलाई सुकर्ममा लगाउनु नै भगवानको उत्कृष्ट पूजा हो। त्यो भन्दा पर भगबान खोज्नेले आफूलाई बिर्सन सक्नुपर्छ। अनी मात्र त्यो अदृय ईश्वर दृश्य भएर देखा पर्छ। हमी जति भगवान बुद्धलाई भुल्दै छौ उति हामी अस्तित्वहीन बन्दै छौ।

धन्यबाद !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 171
  • 4437 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    19 hours 59 min ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    22 hours 17 min ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 day 15 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 day 18 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 day 18 hours ago
  • एकदम सान्दर्भिक
    1 day 22 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    2 days 1 hour ago
  • भुगोल ले नछेकेको माया
    6 days 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    6 days 23 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 16 hours ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • म कहाँ बिर्सन सक्छु र ?
  • अब आउने नयाँ बर्ष
  • पाठ्यक्रममा साहित्यिक कृति
  • नित्सेका एकाध कथाहरू
  • ङ्हाछ्याङ सोसी थप्राउ (तामाङ् भाषाको गजल)
  • रिसाएर जानेलाई
  • बझाङी भाषाको संक्षिप्त चिनारी
  • तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
  • जिन्दगी के रहेछ ?
  • मनको दियो बालेर हेरे माटो चिनिन्छ
  • नायगरा झरना अतृप्त यात्रा
  • गल्लीले मलाई धोका दियो
  • पढाइ र साथीहरू
  • पूर्वस्मृति
  • आञ्चलिक स्वादमा नारीप्रधान कथाहरू
  • आजभोलि अन्तै कोठा खोजी सरेकी छ्यौ रे
  • सानो गजल
  • आवरण मिठो
  • गिलासको झमझम मै छु
  • के गर्छौ ?
  • मेरो गाउँः दसैअघि र दसैंपछि
  • खाना पस्कें बा
  • आऊ - जाऊ टाडा छ, पुरानो भैसकेछु म
  • जाग जनता !!!
  • भुइचालो भै , नितान्त सत्य
  • किन तिम्रो माया लाग्छ
  • माया गर्छु भन्ने हिम्मत (मुक्तक)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • छ मुक्तक (युवा पुस्ता)
  • जीत
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित