Skip to content

जिन्दगी खोला जस्तै बगिरहेछ


जिन्दगी खोला जस्तै बगिरहेछ
अतृप्त प्यास लिई
पुग्ने कुनै ठाउँ छैन बासको आश लिई
यो चुपचाप बगिरहेछ, बगिरहेछ, बगिरहेछ ।
जिन्दगी खोला जस्तै बगिरहेछ ।

जो रातभरि बिहानीको आशमा बग्यो
बालुवाको गर्भभित्र प्यासमा बग्यो
हतारमा बग्यो यो जोसमा बग्यो
चट्टानमा ठोकिएर होसमा बग्यो
जिन्दगी खोला जस्तै बगिरहेछ ।

यो धारमा भेलमा बाढीमा बग्यो
विष लाग्ने काँडामा झाडीमा बग्यो
बिरहमा बग्यो यो तरङ्गमा बग्यो
मरुभूमिको तापको सँगमा बग्यो ।

शब्द – यादव खरेल
चलचित्र – भाउजू

1 thought on “जिन्दगी खोला जस्तै बगिरहेछ”

  1. namaskar
    derai ramro geet.sachai jindagi astai nai khola jastai baginai rahanchhai kunai tungo hudaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *