आफ्नै बाटो हिडौं भन्छु छेकिदिन्छन कोही आई
नानाभाँती कुरा काट्छन छिमेकीका जोइ आई
आफू भलो जगत भलो केही अशुभ सोचिएन
धरो धर्म भन्छु हजुर मनको मन्दिर छोई आई
जति शुभ गरे पनि टिको लाग्छ कलंकको
चोखो हुनु कसरी हो कुन गंगामा धोई आई
कसो गरी बचाउने हो आफ्नै टेक्ने माटोलाई
लगानी छ छिमेकीको खोस्ने डर छ मोही आई
तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन,
२०६७/९/६