मौनताभित्र हराए सरी भयो नि जिन्दगी
आफैंमा पनि डराए सरी भयो नि जिन्दगी ।
सुन्यता भित्रै छाउँथ्यो हरे! मनको मौनता
अनायस फेरि कराए सरी भयो नि जिन्दगी ।
आशाको झिनो लहरा तान्दै बाँचेथ्यो यो तन
अन्यत्र टाढा सराए सरी भयो नि जिन्दगी ।
एक्लो यो मन एकान्त पन कहिले सम्म हो ?
उराठ बाग चराए सरी भयो नि जिन्दगी ।
मान्छेको जन्म हारेको कर्म स्वीकार्नै पर्दछ
मनुष्य जूनी तराए सरी भयो नि जिन्दगी ।
रचना – १/ ३ /२०१०