मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रकृतिले लुगा फुकाउँदा
Buddhi Moktan — Sun, 01/09/2011 - 20:11
सर्लङ्ग सुकेको रुख
बनस्पति र बृक्ष
न यसमा पात छ
न यसमा जात छ
यहाँ प्रकृतिले लुगा सुकाउँदा
यहाँ प्रकृतिले लुगा फुकाउँदा ।
स्तब्ध हवाङ नदी
उराठ लाग्दो सडक बाटो
खुइलिएका पाखाहरू
ताच्छिएका भिताहरू
टाउको फुट्ने ठिही
ओठ फुट्ने सिरेटो
सामुद्रिक चन्चल वायु
कपास फुलाउने वातावरण
कठै यो मेरो मन !
यहा प्रकृतिले लुगा फुकाउँदा
यहाँ प्रकृतिले लुगा सुकाउँदा ।
मान्छेहरूलाई लाज लाग्दो रहेछ
मान्छेहरूलाई सरम लाग्दो रहेछ
प्रकृतिले लुगा फुकाउँदा
र पो मुख छोप्दा रहेछन गल्बन्दीले
जाडो भयो रे .....!
तर मलाइ के जाडो के गर्मी
म पनि प्रकृति जस्तै
नाङ्गै मेरी आमाको
कोखबाट जन्मेको हुँ
आएको हुँ ओर्लिएको हुँ
लुगा त धरै पछि
भौतिक मान्छेहरूले
जबरजस्ती भिराइदिएका हुन ।
मेरो तिन्जुरे खै त लाली गुराँस?
मेरो राजापुर खै त काँसेघारी ?
मेरो घनघस्य, मेरो स्वर्गद्वारी
कति उराठ कति नाङ्गो
न छ यहाँ चिलाउने, उतिस
न त मालिङ्गो,
आमा भन्छिन, "कठै मेरो कान्छा! यो जाडोमा"
यहाँ प्रकृतिले लुगा सुकाउँदा
यहाँ प्रकृतिले लुगा फुकाउँदा ।
मलाई सउल पार्कको सिङगार पर्दैन,
बेबिलोनको बाग चाहिन्दैन
ओशन पार्क र एभरर्ग्रिन बगैचा पर्दैन
ओपेराहाउसको कृतिमता चाहिन्दैन
गमलामा मुस्कुरानुने क्याकटस पर्दैन..........!
म त उराठिलो लुगा खोलेको प्रकृतिसँग
मित लाउछु, रमाउछु
अनि
ओलाङ्चुङगोलाको भिरबाट
उस्का पुस्ट बक्ष सेता कुम्भकर्ण नियाल्छु
मकालु देख्छु,
मानौ यी प्रकृतिका लोभ्याउने दन्त हुन ।
प्रकृति पुरै लुगा खोल,
उराठ लाग्दो पाखामा
को सुसेली हाल्दोरहेछ- म हेर्छु
कस्ले सडक पेटी बस बिसौनी
राजमार्गमा रेल स्टेसन र
हिउ ढाकेका बाटाका
ढाकर र तोक्मासग
कस्ले मितेरी लाउदो रहेछ -म हेर्छु ।
प्रकृतिले लुगा खोल्ने बेला
शीत रुवा फल्ने बेला
धनी मान्छेको आत गल्ने बेला
हुने खाने तातो बोइलर....
सिरक ...डस्ना ....अनी न्यानो महल...
फेरि उही बेला,
जाडोले कठाङ्गिएका मान्छेहरू,
गरिबहरू ....निमुखा ...अनी असहायहरू
म उनिहरूको आत्मा छाम्न सक्छु,
साचो जीवन् चिन्न सक्छु
साचो माया दिन सक्छु
एक दर्सो धागो बिनाको लोग्ने!
एक टालो बिनाको स्वास्नी !
निवस्र स्वातन्त्र जिन्दगी ...
नजिकबाट जिउन सक्छु
धन्य प्रकृति !
धनीलाई बैस छर्न होईन
हुनेलाई जवानी चर्न होईन
मृत्युको मुखबाट फर्केकी
पुन:जन्म पाएकी
मेरि दिदिले जीवनको अनुभुत गर्नु छ
ब्रमाण्ड निरन्तरताको लागि
चाडै लुगा लगाइ देउ है प्रकृति!
मैले पनि बैश छर्नै बाकी छ ।
-बुद्धि मोक्तान
ताप्लेजुङ
दक्षिण कोरिया
- 2430 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
8 hours 20 min ago - बहुत खुब कहिल्छि ।
3 days 7 hours ago - आभार प्रकट गरे
5 days 6 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 8 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 2 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 4 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 4 hours ago - एकदम सान्दर्भिक
6 days 9 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 12 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- बुद्ध रोइरहेछन्
- सम्झनाको रहरहरु लुकाई हिंडे छाती भित्र भित्रै
- गुण्डा बोकी खोज्न आउलान फेरि तिम्रो दाइले
- आहट
- भगवान
- सम्झना : गोविन्दबहादुर गोठाले
- माया भनिदेऊ
- बाल लोकले
- छेपारो (लघुकथा)
- गाजलु ती ठुला ठुला आँखा
- तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न
- बिग्रिन्छ
- यो मनको के भर हुन्छ
- म पानी हुँ
- घुर्की देखाई देखाई माया उनीसँग लाउन थालेँ
- ट्वाइलेट-भूत (बाल-एकाङ्की)
- जेलभित्रै गोली चल्छ
- तिमी आयौ र यो जिन्दगी
- हो म हुतिहारा भएरै बाँच्न चाहन्छु
- ह्वाईखा (तामाङ कविता)
- आँखाभरी आसुको ताल
- दशैंको शुभकामना
- चार साना कविता
- “तिमी संग मेरो गुनासो”
- जोकर मुसा भुस बोकेर आउँछ
- तीन मुक्तक (मान्छे, जीवन, र मन)
- अशान्तिको आगो सधैँ दन्किएर
- तीन मुक्तक (हात देखाई, सधैं आउने जाने, मन्द मुस्कान छरी)
- आजको साहित्य
- स्यूँदो जस्तै सीमारेखा
Post new comment