Skip to content


साझको जून टिपेर आखामा

अभावको घोप्टेभिर नाघ्दै

तिमी फूल्ने फाटतिर म झरेको रात

चमेलीका फूल सिउरेर टाउकाभरि

कस्तरी फक्रिएकी थियौ तिमी

जूनेली भएर सेताम्य फाटभरि

लक्षुमनीया ! म सम्झिरहेछु ।

साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा

गिरत्को खलिहानका चपरी उप्काउदा ठेला उठेका

कलिला हातले तिमीले सुम्सुम्याउदा

प्रेमविहृवल म रोएको बेला

तमोरजस्तो पवित्र मेरो आसुको नदी

तिम्रो छाती भएर बग्ने कोसीमा मिसिएको थियो

मेरो हिमाली जल प्रवाहले

तिमीभित्र उठेका दुःखको रापलाई

कसरी शीतल गराएको थियो

लक्षुमनीया ! म सम्भिmरहेछु ।

सोच्दै, तिमी भोकाएकी हौली

गोजीमा हालेर ल्याइदिएको

एकडल्लो ढिडो र गुन्द्रुकको अचार

आˆनै धोतीको फेरमा पोको पारेर तिमीले

मेरा लागि ल्याइदिएको दुई टुक्रा रोटी

कसरी उस्तै स्वादका हुनसकेका-चखिलो निकै चखिलो

उसबेला तिमीले भनेकी थियौ नि

पहाडी पखेरामा तिम्रो निधारबाट खसेको होस्

या मधेसी फाटमा मेरो छातीबाट चुहेको

पसिनाको स्वाद त नुनिलै हुन्छ

लक्षुमनीया ! म सम्भिmरहेछु ।

माथि मेरो शिरको मानेभञ्ज्याङ्ग

मिच्दै आउने तिनीहरू

यता तिम्रो छातीको सुस्तामा

नङ्ग्रा गाड्ने ब्वासाहरू

र तिनको ज्यादतीको विद्रोहमा आवाज उठाउदा

मौनधारण गर्ने सिंहदरबार

उही अनुहारको ठम्याएका थियौ हामीले

तिनले मिच्दै आएको चौकिल्लामा

मेरो रगतले कोरेको सिमानाहरू

तिनले फाड्दै आएको उखुबारीमा

तिम्रो रगतले बनेका सहीछापहरू

उस्तै रातो र तातो तातो

वाफ उडिरहेछ आज पनि

यो माटोको लडाईंमा

सार्वभौम राष्ट्रियताको समरमा

सागसागै लडिरहन तिमीले खुवाएको कसमहरू

लक्षुमनीया ! म सम्भिmरहेछु

लक्षुमनीया !

तिमी नै भन्थ्यौ-

जातिपाती, धर्म, सम्प्रदायले उभ्याएका पर्खालहरू नाघ्दै

उत्रिएको यो लडाईंमा

कहीा खोट आउनु हुन्न हामीबीच

कतै चोट लाउनुहुन्न एकार्काबीच

तर, आज किन अर्कै छ तिम्रो आवाज

किन खोटको नजरले हेर्दैछौ हाम्रो सहयात्रालाई

तिम्रो छातीमा बगिसकेको मेरो रगतलाई

किन हो कालो भनेर खोट लगाइरहेछौ ?

लक्षुमनीया !

तिमी नै भन

हामीले बाचिरहेको सम्पूर्ण असमानता

विरुद्धको लडाइमा मधेस र पहाड लागि

के राष्ट्रियता टुक्रिएर उभिएला ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *