Skip to content

प्रकृतिले लुगा खोल्यो


प्रकृतिले लुगा खोल्यो, न्यानो तातो लाऊ है छोरा
अगेनीमा बसेकी छु, राप सेक्न आऊ है छोरा

गरीबीको सिरक डस्ना, भयो एउटै अगेना
रापसँगै ताप लिन, काखतिर छाऊ है छोरा

मेरो कान्छा सानै देख्थे, आज भयो परदेशी
उराठिला बगरमा, राष्ट्र लोक गाऊ है छोरा

ब्रह्माण्डको रीत यस्तै, ऋतुहरू आउँदा जाँदा
बसन्तमा नबिर्सी, मेरो दर्शन पाऊ है छोरा

हरियाली आउँछ कान्छा, पझरमा मन बाधे
प्रकृतिमा लुगा भर्छ, खेतबारी साऊ है छोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *