Skip to content


बादल फाटेको आकाश
इन्द्रेनीले सजिएको
आँखा भरि भरि
सजाउँछु म
झिलीली ताराहरू
पोल्टाका पोल्टा
आँगनीमा पोखेर
एकाधिकार जनाउँदिन
दुईंवटै तारको धुन
अहाँ ! कर्णप्रिय
पैतालाको पदचाप
उकालो उकालो
हिमशिखर चुम्न
एक्लो यात्रा
सांङ्ग हुन सक्दैन
दुई गोडाको पदचाप
दुई हातको हातेमालो
इन्द्रेनीमय आकाश
वस ! इन्द्रेनीमय आकाश ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *