Skip to content

धेरै दिन भोकै बसेँ तिम्रै लागि

  • by


धेरै दिन भोकै बसेँ तिम्रै लागि
दलदलमा पनि फसेँ तिम्रै लागि

तलबाट माथि जानुपर्छ भन्छन्
म त तलतल खसेँ तिम्रै लागि

उज्यालो नै मन पर्छ तरै पनि
अन्धकार भित्र पसेँ तिम्रै लागि

गर्नु हुन्न भन्ने थाहा हुँदा हुँदै
मैले कसैलाई डसेँ तिम्रै लागि

कसरी म यस्तो भावनामा बगेँ !
गल्ती गर्न कम्मर कसेँ तिम्रै लागि

भैरहवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *