हामी हौँ को ! कहाँ को !
कुन ऋषिकुलको ?
थाह पत्तो छ केही ?
थ्यौं बासिन्दा कहाँका ?
कतिसमय भयो आज यस्मा बसाईँ ?
पुर्खा थे को, कहाँक कुन पुरुष थिए आदिवासी ?
सबैको-बन्दैमा देशवासी,
त्यसप्रति हठता गर्नु मुर्ख्याइँ नै हो
धर्तीका पुत्र पुत्री मगर कि ठकुरी !
थारु हुन् वा किराँती ?
भन्छन् नेवार त्यस्तै,
अरू पनि जति छन्
जातिका यी प्रजाती
चेपाङ, धर्ती, थकाली,
मुसहर कि गुरुङ,
राउटे वा कुसुण्डा ?
को हो त्यो आदिबासी ?,
विनति छ, नगरुँ अन्यको घारनिन्दा
वासिन्दा छन् अनेकौँ,
कही द्विज, कहीँ छन् वीर छेत्री, यी को हुन् ?
हृवैनन् नै आदिवासी
यदि यस स्थलका,
हुन् कहाँका बुझिन्छन् ?
आफ्नै डम्फू बजाएपछि जब सबले,
फेरि बज्ला कि शङ्ख ?
होला निम्त्याउनाले
गृहकलह ठूलो युद्धले तङ्गभङ्ग
छन् हाम्रा सामु
ताजा मुलुक-मुलुकका
जातिका जाति युद्ध
भित्केला सिर्जिएको
घर जनतनको,
फेरि हृवौंला विक्षिप्त
फूलबारीका अनेकौं
मिलिजुली रहने ‘फूल’ नानाथरी हौं
आ-आफ्नो जाति
च्यापे-परिणति ननिको हुन्छ,
यो जानिराखौँ
हामी टिस्टा पुगेथ्यौं सुदूर क्षितिजको,
काँगडा थ्यो सिमाना
हाम्रा पुर्खाहरूको लडिभिडी
कसरी आर्जिए स्वाभिमान !
पढ्दैछौं वीर गाथा
अझ पनि सबले त्यो पुनरावृत्त हामी
होला बर्बाद, जात्यन्तर
कलह-वृथा उर्लिनाले सुनामी
हाम्रो थ्यो के अवस्था सिकुडिइ रहँदा
बाइसे चौबीसेमा
खाने, गोब्य्राउने थ्यो पशुसरह
जुनी बाँधिदा राज्यसीमा
ऐल्हे यो देश एकीकरण पछि,
सबै हातगोडा पसारी
घुम्छौं निर्बाध,
ल्याऔं सहमति सबले राष्ट्रलाई निहारी
दाङ