Skip to content

पुर्बी दिशा लाली छायो

पुर्बी दिशा लाली छायो,अब घाम लाग्छ कि,
देशमा भाको कालो बादल,अब भाग्छ कि !

श्रम गर्ने मजदुर वर्ग,खाने अरु नै,
अब भने मज्दुरकोमा,खान पाक्छ कि !!

सामन्तीले दावा बोल्यो,गरिब जनता माथि,
गल्ति महशुस गर्दै अब,माफी माग्छ कि !!

गर्नु सम्म गर्यो बेज्यत,बिस्व सामो हाम्रो,
कुरी कुरी महसुस गरि,लाज ढाकछ कि !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *