Skip to content

लुकी लुकी हेरौं लाग्छ…

गजल
लुकी लुकी हेरौं लाग्छ,तिम्रो जोबन ‘फुले’ देख्दा,
हिमाल झैं तिम्रो ज्यानमा,खै के हो त्यो ‘चुले’ देख्दा !

डुलाउँ डुलाउँ लाग्छ सधै,तिम्रै वरी परि,
एकै तालमा ढालाउँ लाग्छ,अरुई ‘डुले’ देख्दा !!

कति उठ्छ मनमा चाहना,भनि साध्य छैन,
आफै देखि रिस नि उठ्छ,आफैलाई ‘भुले’ देख्दा !!

राजेश रुम्बा लामा “अतृप्त”

Leave a Reply

Your email address will not be published. Required fields are marked *