Skip to content


सुन कथा एउटा गीत हार मेरो हो कि जीत
कस्तो साइनो बाँधी ल्यायो भन मेरो सानो मित
माया बसेछ मितेरी साइनोमा

हिमालको पानीभन्दा चोखो तिम्रो माया
वर्षाको बादलभन्दा शीतल तिम्रो छायाँ
त्यस्तै नै होला तिम्रो र मेरो गीत
कस्तो साइनो बाँधी ल्यायो भन मेरो सानो मित

साइनोको लाली आज फैलिएछ आकाशमा
अँध्यारो मन आज छल्किएछ प्रकाशमा
तिमीलाई नै भेटी फेरि जीवन पाएँ
कस्तो साइनो बाँधी ल्यायो भन मेरो सानो मित

स्वर – डेनी डेन्जोङ्पा
संगीत – रनजीत गजमेर
चलचित्र – साइनो

2 thoughts on “सुन कथा एउटा गीत”

Leave a Reply

Your email address will not be published. Required fields are marked *