Skip to content


झरेर गयो फूलका थुँगा फर्केर आउँदैन आमा
छोराले देउरालीमा झ्याउरे त गाउँदैन आमा
वियोगमा रोएर मात्र के हुँदोरहेछ र ! संसारमा
ईश्वरको अदालतबाट माफी पाउँदैन आमा

आवाज विहीन बस्तीहरू आँसु झार्ने कतिवेर
जीवनको हरेक पलमा सधैँ हार्ने कतिबेर
झुपडीलाई साथी बनाई बाँच्ने सर्वहारा
मुटु दुखाइ दुखाइ युगकै जुठो बार्ने कतिबेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *