Skip to content


दस वर्षपछि आयो जनसङ्ख्या गन्ने
साँचो कुरा नलुकाई गणकलाई भन्ने

यसपटक थपिएका धेरै नयाँ कुरा
नेपालको चित्र राम्रो, सफा आओस् पूरा

छुट्ने हैन कोही पनि, दोहोरिने हैन
तथ्याङ्क यो मिथ्याङ्क भए विकास हुने छैन

योजना र विकासको पूर्वाधार बनोस्
जति जे छ गणितमा सबै कुरा भनोस्

एघारौं पटक यो, पुग्यो सय वर्ष
दसवर्षे उत्सव जो नेपालमा हर्ष

आफ्नो कुरा ढाँटी झूटो कुन मुर्खले भन्छ ?
तथ्य कुरा आयो भने नयाँ नेपाल बन्छ

प्रश्नको उत्तर दिउँ भएर खुलस्त
हाम्रो फोटो हामी जस्तै आओस् है दुरुस्त

स्वच्छ पानी पाइने हो, सफा भए भूल
भन्ने र गन्ने काममा नगरौँ है भूल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *