Skip to content

तिमी नहुँदा यो घर शुन्य छ


तिमी नहुँदा यो घर शुन्य छ
निष्प्राण मेरो रहर शुन्य छ!

तिम्लाई देख्दा उर्लने मनका-
नदीहरुमा, लहर शुन्य छ !

पिरतीका श्वरहरुले गुन्जने
कौसी अनि यो डहर शुन्य छ !

टोलाइरहेछु – भुइँमा हेरेर
आकास छुने ठहर शुन्य छ !

तिमी माइत गएको दिनदेखि
यस्तो लाग्छ यो शहर शुन्य छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *