• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

पागल

kbs — Sun, 07/13/2008 - 12:54

  • गद्य कविता
  • लक्ष्मीप्रसाद देवकोटा
  • लक्ष्मी कविता संग्रह

जरुर साथी म पागल
यस्तै छ मेरो हाल

म शब्दलाई देख्दछु,
दृश्यलाई सुन्दछु,
वास्नालाई स्वाद लिन्छु,
आकाशभन्दा पातला कुरालाई छुन्छु,
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
म देख्दछु ढुङ्गालाई फूल,
जब जलकिनारका जलचिप्ला ती,
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैं,
फूलझैं – एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छौ, बाचाल ।
तिम्रो शुद्ध गणित-सूत्र हरहमेसा चलिरहेको छ,
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ ।
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले ।
तिम्रो गिदी छ साथी,
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ,
म तरल पद्य छु,
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो
तिम्रो संसार ठोस छ,
मेरो बाफ ।
तिम्रो बाक्लो, मेरो पातलो ।
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चीसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई ।
मेरो छ वेग काँढाको साथी,
तिम्रो सुनको र हीराको ।
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी !
मेरो एक नसा ढीलो छ,
यस्तै छ मेरो हाल ।

म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरङ्गी भने ।
भस्मेश्वरबाट फर्कँदा सात दिन
टोल्हाएको देखेर
भूत लागेको भने ।
एक सुन्दरीका केशमा समयका तुसाराको
पहिलो छिर्का परेको देखेर,
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा,
मलाई छटाएको भने ।
मैले बसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने ।
एक सूनसान औंसीले मलाई निःश्वास भएर
म प्रलय-वेदनाले उफ्रेँ,
मूर्खहरुले मलाई त्यस बेला ठिँगुरा हालेर राखे
र तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले
राँची पठाइदिए ।
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ ।
एक साथीले बेसरी चिमोटिदिए
र भने "ए पागल, तेरो सास अझ मरेको छैन ।"
यस्ता कुरा भए साल, साल,
पागल छु साथी,
यस्तै छ मेरो हाल ।

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु,
राजालाई गरिब,
सिकन्दरलाई मैले गाली दिएको छु,
महात्मा भनाउँदाको निन्दा गरेको छु,
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु ।
तिम्रा महापण्डित मेरो महामूर्ख,
तिम्रो स्वर्ग, मेरो नरक,
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति, साथी !
यस्तै छ मोलमोलाइको उलटपुलट ।
साथी !
तिम्रो विश्व, मेरो बाल ।
जरुर साथी ! म बिलकुल चन्द्राहत छु,
चन्द्राहत,
यस्तै छ मेरो हाल ।

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु ।
विफललाई सफल देख्दछु,
प्रगतिलाई अगति देख्दछु ।
या हुँला मै ऐँचाताना,
या हुँला मै दीवाना,
साथी ! मै दीवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर,
जन अधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूटले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता, साथी,
सल्केको गोलझैँ राता ।
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
दुई कानले
मेरो आँखासामुन्ने अमृत भनेर
तब हुन्छन् ठाडा मेरा रौँ,
गर्गनका सर्पकेशझैँ मेरा जिस्क्याइएका रौँ, रौँ ।
जब बाघले मृग खान आँटेको देख्छु, साथी
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ, साथी ।
स्वर्गबाट चट्याङ परेको दिनझैँ ।
जब मानवले मानवलाई मानप ठान्दैन, साथी
तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै
जस्तो भीमसेनका दाँत,
अनि
प्रकोपको लाललाल, आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले म,
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु, साथी ।
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तुफान हुन्छ मेरो सास,
विकृत हुन्छ मेरो चेहरा
बल्दछ मेरो दिमाग साथी
बडवानलझैं बडवानलझैं ।
म वन खाने आगो झैं बहुला हुन्छु,
बहुला, साथी ।
काँचै निलूँझैँ विश्वविशाल ।
जरुर साथी
म सुन्दर चकोर, असुन्दर-फोर,
कोमल-क्रूर,
चिडिया, स्वर्गाग्नि-चोर,
तुफानपुत्र,
पागल ज्वालामुखीको उद्गार,
भयङ्कर व्यक्तित्वपाल
जरुर साथी !
सन्केमगज छु सन्के,
यस्तै छ मेरो हाल ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 397
  • 6530 reads
Tweet facebook

Pagal kabita ko lagi pani

अतिथि — Mon, 04/20/2009 - 14:50

Pagal kabita ko lagi pani kasai ko comment hola ra????
No comment

  • reply

Really great effort. But lots

अतिथि — Wed, 04/22/2009 - 12:21

Really great effort. But lots of lines are missing. Can u recheck it??

  • reply

कबितालाई तपैहरुले त पागलै

अतिथि — Sat, 01/30/2010 - 11:32

कबितालाई तपैहरुले त पागलै बनाइदिनुभएछ नि बिगारेर लेखिदिएर !!!!

यो त श्रस्टाको सिधै अपमान भएन र ??

  • reply

mero anka ganit ma ek bata ek

अतिथि (not verified) — Thu, 01/20/2011 - 07:16

mero anka ganit ma ek bata ek nikale pani( ek nai banki rahan6) is missing after 27th line. It is intentional!

  • reply

ma pani pagal

surya (not verified) — Wed, 01/19/2011 - 23:36

ma pani pagal

  • reply

www.abhinaw.com

ajayadhungana — Thu, 01/20/2011 - 09:00

read this poem in
http://www.abhinaw.com/2011/01/blog-post_11.html
i have tried for less error,
and there are many mores

  • reply

kbs सर लाई धनयवाद

ठिस बुढा — Thu, 01/20/2011 - 15:03

kbs सर
लक्ष्मी सरको पागल यहाँ पढन् पाएकोमा खुसि छु ।

मैले सुन्या - गान्धि सरले भन्नु भा'थ्यो रे, "जे गरे नि पुग्दैन... तर गर्न जरुरि छ"

...

यस्तै हो...
बाउ छोरा र गधा को कथा जस्तो ।
छोरा लाई गधामा चडाए नि' सुन्नु पर्ने... गधालाई बोके नि' सुन्नु पर्ने... गधालाई धिसारे नि' सुन्नु पर्ने... जे गरे नि' सुन्नै पर्ने !

अधी सम्म - मैले "पागल" छ रे भन्ने सुनेको थे' तर पढन् पा' थिन ! एैले पढे...

kbs सरको यहाँ त्रुटि छ होला तर रवि जित्ने कविको मर्म छर्लन्ग बुझे ।

अनि एउटा कथा याद आयो - अन्धोहरुले हात्ति छाम्ने कथा...

यहाँ - यो लोकमा; मैले नि' "पागल" आफ्नै ठिस तरिकाले पढेँ र बुझे !

kbs सरलाई धन्यवाद

"Whatever you do will be insignificant, but it is very important that you do it." By Mahatma Gandhi

  • reply

प्रतिकृया दिनुहुने सबैलाई धन्यवाद!

kbs — Thu, 01/20/2011 - 18:42

यो कविता मैले कुनै श्रोतबाट साभार गरेको हुँ । साँढे दुई वर्ष अगाडिको कुरा हो, पोस्ट गरेको मिति हेर्नुभए थाहा हुन्छ ।

तत्कालीन परिस्थितिमा यही नै मैले भेट्टाउन सकेको सबभन्दा 'पूर्ण' कविता थियो । देवकोटा जस्ताको, अँझ नेपाली गद्य कवितामा सायद सबभन्दा उत्कृष्ट मानिएको कवितामाथि अन्याय भयो भन्न पनि सक्नुहोला । तर "नहुनु मामाभन्दा कानो मामा बेश" भनेजस्तो नेपाली साहित्यका पाठकहरूले यस पोस्टबाट केही फाइदा त पक्कै लिनुभोहोला ।

साथीहरू, कविताको पूर्ण भाग कोहीसित छ भने भन्नुहोला, यहाँ सम्पादनसहित राख्नेछु ।

अजयजी, तपाईंको ब्लगमा भएको कविता पूर्णरुपमा छ? छ भने, यता राख्न सकिन्छ ?

  • reply

@kbs ji

ajayadhungana — Fri, 02/25/2011 - 01:31

फन्टका कारणले भएका त्रुटी आफ्नै ठाउँमा छन्, सकेसम्म त्रुटी रहित बनाउने कोसिस गरेको छु, अबश्य राख्न पाइन्छ, यो हामी सबै को साझा कविता हो
click the link below for the poem or copy paste the link
http://www.abhinaw.com/2011/01/blog-post_11.html

  • reply

पागल कवितामा मात्रै पनि थेसिस

nandalal.acharya — Sat, 02/26/2011 - 21:16

पागल कविता त्यस्तो कविता हो जसमा मात्रै पनि थेसिस गरिएको छ
हामीले पढ्नेपढाउने किताबमा पनि एकले एकथोक अर्कोले अर्कै थोक भनेका र लेखेका छन्
यो कविता सागर हो
आफूलाई चाहिएका जति मोति टिप्नुपर्छ
देवकोटेलीय दर्शनको सार यसैमा अटाएको छ
भनिन्छ
देवकोटाको बानी एक पटक लेखेपछि कहिल्यै नसुधार्ने
तर
कसैको उक्साहट र आग्रहले पुनर्मार्जित गरे रे
उनलाई पछिल्लो काम आफैंलाई चित्त बुझेन रे
मुनामदनमा पनि यो दशा छ
फेरि.

  • reply

पागल कविता माथि पढेँ । धेरै

एकदेव — Tue, 08/05/2014 - 22:06

पागल कविता माथि पढेँ । धेरै शुद्धाशुद्धिहरू पनि पाएँ, र धेरै ठाउँमा दोहोरिएको पनि पाएँ । मैले पढेको किताबमा भएको कविताको पूर्ण पाठ यहाँ राखेको छु। अाशा छ सम्पादक ज्युले यसलाई सच्याउनुहुनेछ। त्रिभुवन विश्वविद्यालयको तीन वर्षे बि.एड. को साधारण नेपालीको पाठ्यपुस्तकमा भएको यो पाठ यहाँ जस्ताको तस्तै। (एकठाउँमा गर्गन हुनुपर्नेमा गर्धन भएको रहेछ, त्यसलाई भने सच्याएर)

जरुर साथी म पागल
यस्तै छ मेरो हाल

म शब्दलाई देख्दछु,
दृश्यलाई सुन्दछु,
वास्नालाई स्वाद लिन्छु,
आकाशभन्दा पातला कुरालाई छुन्छु,
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
म देख्दछु ढुङ्गालाई फूल,
जब जलकिनारका जलचिप्ला ती,
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैं,
फूलझैं – एक किसिमका चकोर फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छौ, बाचाल ।
तिम्रो शुद्ध गणित-सूत्र हरहमेसा चलिरहेको छ,
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ ।
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले ।
तिम्रो गिदी छ साथी,
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ,
म तरल पद्य छु,
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो
तिम्रो संसार ठोस छ,
मेरो बाफ ।
तिम्रो बाक्लो, मेरो पातलो ।
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चीसो मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई ।
मेरो छ वेग काँढाको साथी,
तिम्रो सुनको र हीराको ।
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी !
मेरो एक नसा ढीलो छ,
यस्तै छ मेरो हाल ।

म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ
दुनियाँले मलाई तरङ्गी भने ।
भस्मेश्वरबाट फर्कँदा सात दिन
टोल्हाएको देखेर
भूत लागेको भने ।
एक सुन्दरीका केशमा समयका तुसाराको
पहिलो छिर्का परेको देखेर,
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा,
मलाई छटाएको भने ।
मैले बसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुलाहा भने ।
एक सूनसान औंसीले मलाई निःश्वास भएर
म प्रलय-वेदनाले उफ्रेँ,
मूर्खहरुले मलाई त्यस बेला ठिँगुरा हालेर राखे
र तुफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले
राँची पठाइदिए ।
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ ।
एक साथीले बेसरी चिमोटिदिए
र भने "ए पागल, तेरो सास अझ मरेको छैन ।"
यस्ता कुरा भए साल, साल,
पागल छु साथी,
यस्तै छ मेरो हाल ।

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु,
राजालाई गरिब,
सिकन्दरलाई मैले गाली दिएको छु,
महात्मा भनाउँदाको निन्दा गरेको छु,
नगण्य व्यक्तिलाई तर
सातौं आसमानसम्म
तारीफको पुलमा चढाएको छु ।
तिम्रा महापण्डित मेरो महामूर्ख,
तिम्रो स्वर्ग, मेरो नरक,
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्दछु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति, साथी !
यस्तै छ मोलमोलाइको उलटपुलट ।
साथी !
तिम्रो विश्व, मेरो बाल ।
जरुर साथी ! म बिलकुल चन्द्राहत छु,
चन्द्राहत,
यस्तै छ मेरो हाल ।

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफातपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु ।
विफललाई सफल देख्दछु,
प्रगतिलाई अगति देख्दछु ।
या हुँला मै ऐँचाताना,
या हुँला मै दीवाना,
साथी ! मै दीवाना !

निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर,
जन अधिकारको डँडाल्नोको भाँच हेर ।
जब भँगेराटाउके छापाको कालो मिथ्याले
मेरो विवेक वीरलाई
जाली झूटले ललकार्छ,
तब हुन्छन् मेरा गाला राता, साथी,
सल्केको गोलझैँ राता ।
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
दुई कानले
मेरो आँखासामुन्ने अमृत भनेर
तब हुन्छन् ठाडा मेरा रौँ,
गर्गनका सर्पकेशझैँ मेरा जिस्क्याइएका रौँ, रौँ ।
जब बाघले मृग खान आँटेको देख्छु, साथी
या ठूलो माछाले सानो,
तब मेरा मकाएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर बोल्न खोज्दछ, साथी ।
स्वर्गबाट चट्याङ परेको दिनझैँ ।
जब मानवले मानवलाई मानप ठान्दैन, साथी
तब कडकडाउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै
जस्तो भीमसेनका दाँत,
अनि
प्रकोपको लाललाल, आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले म,
यो अमानवको मानवजगत्लाई
एक आगोको लप्काले झैं हेर्दछु, साथी ।
उफ्रिन्छन् मेरा कलपुर्जा,
खलबल ! खलबल !
तुफान हुन्छ मेरो सास,
विकृत हुन्छ मेरो चेहरा
बल्दछ मेरो दिमाग साथी
बडवानलझैं बडवानलझैं ।
म वन खाने आगो झैं बहुला हुन्छु,
बहुला, साथी ।
काँचै निलूँझैँ विश्वविशाल ।
जरुर साथी
म सुन्दर चकोर, असुन्दर-फोर,
कोमल-क्रूर,
चिडिया, स्वर्गाग्नि-चोर,
तुफानपुत्र,
पागल ज्वालामुखीको उद्गार,
भयङ्कर व्यक्तित्वपाल
जरुर साथी !
सन्केमगज छु सन्के,
यस्तै छ मेरो हाल ।

एकदेव अधिकारी

  • reply

पहिले पनि त्यस्तै, अपुरो भो,

editor — Sat, 08/09/2014 - 15:55

पहिले पनि त्यस्तै, अपुरो भो, भनेर प्रतिकृया आएकोले पाठकले दिएको रचना नै राखेको थिएँ। अहिले एकदेवजीले दिनुभएको कवितालाई पोस्ट गरेको छु । हेरौं अरू कस्ता प्रतिकृया आउँछन् ।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    3 hours 49 min ago
  • सानो आग्रह गरे है सर
    22 hours 31 min ago
  • कत्रो दुर दर्शिता
    5 days 7 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    5 days 22 hours ago
  • appreciate
    4 weeks 5 days ago
  • आभार
    4 weeks 6 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 2 days ago
  • आभार प्रकट गरे
    5 weeks 3 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 4 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • यसै गरी मिलोस तिम्रो माया
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • देशभक्त हुँ म
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • Dv lottery
  • हाम्रो बारेमा

Last viewed:

  • फूल हुन सहिद!!
  • नगेन्द्रराज रेग्मीको स्रष्टा सम्वाद
  • प्राप्ति
  • निद्रा
  • मैले बाआमा त्यागेर रोजेको
  • गजल
  • दशैं स्पेसल (गजल)
  • काँडा त बिझ्यो बिझ्यो
  • तिमी देख्दा रहर होला लागेर आउँछ
  • मैले हुन्न भन्दा खेरी
  • मुक्तक........................(बालापन )
  • बिडम्बना !
  • जहाँ छन् बुद्धका आँखा
  • पद संस्कार
  • आउदा आउदै लेट् भयो...........
  • अरबौं मान्छेहरूमा
  • अन्धकार फाली आऊ
  • सत्ता (झटारो)
  • प्राकृतिक पीडातङ्क
  • दशैं र तिहार
  • मायाको पीडा
  • शुभकामना भरी
  • जुत्तामाला दिन्छ कली
  • आत्माको आवाज
  • कवितारूपी फूलको एउटा सुन्दर माला
  • उषामा हिमालै खुलेको
  • जरिवाना एकसय एक रुपियाँ मृत्यु पनि एक सय एक वर्षमा
  • ठुला-ठुला महल होइन
  • भगवानलाई दुष्मन बनाई किन लडाई लड्छौ
  • चिर निन्द्रामा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित