Skip to content

जीत ल्याउने कसले अब

  • by


भद्रगोलमा देश चल्दा
रीत पुर्याउने कसले अब
कुकर्मले गाँज्यो यहाँ
हित डोर्याउने कसले अब ।

क्रोध र इर्श्या झ्याँगियो
प्रीत लाउने कसले अब
नाच्नेहरू मात्र भए यहाँ
गीत गाउने कसले अब ।

कुभलो त्यो चिताएर
हित पाउने कसले अब
अमन चैन भत्काएर
नीद लाउने कसले अब ।

घाम चर्को चर्काएर
शीत छाउने कसले अब
सबले सबलाई शत्रु देखे
मित लाउने कसले अब ।

भोको प्यासी बनाएर
धीत पाउने कसले अब
काले गोरे सबले हारे
जीत ल्याउने कसले अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *