Skip to content



मेरो कुममा उनको कुम ठोकिएर माया बस्यो
ममाथि नै फूलको थाली पोखिएर माया बस्यो
मौलाकाली गेटमा भेट हुन लेख्या’ रैछ
उकालीमा झोला साँट्दै बोकिएर माया बस्यो

—————————-

ठुलो खोला वार-पार हुने पुल बनाउँछु
मेरो देशलाई सजाएर फूल बनाउँछु
जनतालाई अलि छिटो उठ्न सिकाएर
मेरो देश हेर्न चानेको हुल बनाउँछु

—————————-

कसैको सम्झना त मेटेर जाँदो रैछ
बादल जस्तै एक छिन भेटेर जाँदो रैछ
तिमीले जस्तै मैले त भुल्नै सकिन
आउँछ याद सदा मुटु रेटेर जाँदो रैछ

अरुण पौडेल
गुन्जनगर -४ न्यु लाईन

2 thoughts on “तीन मुक्तक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *