Skip to content

एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम


कोहलपुर–२, बाँके ।
२०६७ माघ १५ गते शनिबार ।

शहिद दिवसको अवसर पारेर शनिबार पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरकी नारी गजलकार सन्तोषी विष्टको एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्रमुख आथिति कथाकार महेश विक्रम शाह रहनु भएको सो कार्यक्रममा नेपालगंजका विरष्ठ समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान गरियो । २५ वटा गजलका साथ कार्यक्रममा उर्लिएकी सन्तोषी विष्टले प्रायः सबै बौद्धिक स्तरका गजलहरू वाचन गरेकी थिईन् ।

भाषा, साहित्यमा योगदान पुर्याए बापत समालोचक डा.गोपालप्रसाद शर्मा अधिकारीलाई सम्मान–पत्र र पुरस्कार राशीले सम्मान गरिएको हो । २०६२ सालमा स्व. तुलसीराम ढाकालको स्मृतिमा स्थापित ‘तुलसीराम साहित्य पुरस्कार–२०६६’ ले डा.शर्मालाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शंकर अशान्तले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष पुष्करनाथ रिजालले दुबै स्रष्टाको व्यक्तित्व र कृतित्वको बारेमा प्रकाश पार्नु भएको थियो । पूर्णिमा साहित्यिक पत्रिकाका प्रधान सम्पादक सागर गैरेले विगतदेखि हालसम्मको पूर्णिमाको इतिहासका बारेमा चर्चा गर्नु भएको थियो । यस प्रतिष्ठानले २०५८ सालदेखि निरन्तर रुपमा स्रष्टा सम्मान, साहित्यिक कार्यक्रम र पत्रिका प्रकाशन गर्दै आएको छ । उक्त कार्यक्रममा उर्दू गजलकार अब्दुल लतिफ शौक, प्रकाश गिरी, बालकृष्ण रेग्मी, खगेन्द्र गिरी कोपिला, आदिले सम्मानित स्रष्टा एवम् एकल गजल बाचिका सन्तोषी विष्टलाई शुभकामना दिनु भएको थियो । २०० जना भन्दा बढी स्रष्टाहरूको उत्साहजनक उपस्थितिका साथ सो कार्यक्रम सम्मन्न गरियो । पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव कपिल अन्जानले संचालन गरेको सो कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गजलकार महानन्द ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

सो कार्यक्रम ज्ञानोदय सामुदायिक पुस्तकालय कोहलपुर, बाँकेमा सम्पन्न भएको थियो ।

कपिल अन्जान
९८४८१८३६५१

1 thought on “एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम”

  1. कपिलभाईलाई हार्दिक धन्यवाद,
    कपिलभाईलाई हार्दिक धन्यवाद, यो समाचार वेभसाइटमा प्रकाशित गराएर सबैलाई जानकारीको शुभअवसर प्रदान गरेकोमा ।

    गजलकुटेरी, विशालमार्ग, नारायणागढ, चितवन ।
    [email protected]
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *