Skip to content

शहिदको लस्करमा देखे तिमीलाई


शरदको भाइटीकामा आउछु भन्थ्यौ,
निम्ताको पत्र लेखे तिमीलाई
मुक्तिको खातिर लड्छु भन्थ्यौ,
शहिदको लस्करमा देखे तिमीलाई ।

भाइटीका मेरो उज्यालो नै होस्,
आँशुको मुलमा भेटे तिमीलाई
क्रान्तिले बीरता चुमेछौ माइती!
राष्ट्रकै तुलमा देखे तिमीलाई ।

युद्धमा पहिल्यै जान्छु भन्थ्यौ,
अदुर भुलमा छेके तिमीलाई
निरंकुश फाल्न जाली तोड्यौ,
शहिदको हुलमा देखे तिमीलाई ।

हस्तक्षेप रोक्न कम्बर कस्यौ,
सुस्ताको पुलमा ठोके तिमीलाई
श्रद्धाले शीर झुकाई सम्मान अब,
वीरको कुलमा बोके तिमीलाई ।

गोली निली मुक्ति दिलायौ,
महान तुलमा लेखे तिमीलाई
स्वातन्त्र समाजको निर्माण अब
शहिदको फूलमा देखे तिमीलाई ।

dcnepal.com/nepalsmahu.com-buddhi moktan

Leave a Reply

Your email address will not be published. Required fields are marked *