Skip to content

मनमा फुलिरहने फूल होइन मायाँ


मनमा फुलिरहने फूल होइन मायाँ
काँडा पनि हो तर भूल होइन मायाँ !

जून तारा टिपेर तिम्लाई दिन्छु भन्ने
केवल कर्णप्रिय कबुल होइन मायाँ !

दुई दिने राम छाया जस्तो जिन्दगी-
घरीघरी दुखाउने सूल होइन मायाँ !

हिसाब किताब राखेरै तिर्नु पर्ने-
बिजुली पानीको महसुल होइन मायाँ !

प्रेमालापहरु छन् मेरा चिट्ठीमा
बटुलेर पढ फेरि- फजूल होइन मायाँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *