Skip to content


-१-
चौतारीबाट
वरको रुख ढल्दा
चराको आँसु

-२-
सम्पूर्णतामा
अपूर्णताको राँग
नेपाली माझ

-३-
आँसुको वर्षात
हुँदा खुशीले झुम्छ
प्यासी ओठ

-४-
पुरानो घाउ
हरेक साँझ दुख्छ
मायाको याद

-५-
गोलीको सामू
बहादुरीता काँप्छ
मैदान बीच

-६-
गरीब खोज्छ
प्रेमको परिभाषा
भोको पेटमा

गीता थापा (दोषी)

3 thoughts on “छ हाइकु”

  1. गरीब खोज्छ
    प्रेमको

    गरीब खोज्छ
    प्रेमको परिभाषा
    भोको पेटमा………………राम्रो लाग्यो

  2. ठिस बुढा

    दोषीको हाईकु
    नमसकार!
    मिठो हाईकुहरु।
    शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *