Skip to content

हजार आँखा हेर्ने

  • by


हजार आँखा हेर्ने मेरी मायालुलाई
हजार आँखा छेक्ने मेरी प्रेयसीलाई
कसोरी म भेटुँ म देखुँ उनीलाई
यी बाधा छिचोली अंगालुँ उनीलाई

उनी बोल्दछिन गीतको भाका लिई
उनी हाँस्दछिन् फूलको बास्ना लिई
नबोल्ने को होला देखेर उनीलाई
म बोलुँ कसोरी भनुँ के उनीलाई

बिहानीको शीतमा उनी झल्मलाउँछिन
जसै साँझ पर्छ प्रतीक्षामा हुन्छिन
उनी ओठ आँखाले छुन्छिन मलाई
उपहार के दिऊँ भनुँ के उनीलाई

शब्द – पुरुषोत्तम सापकोटा
स्वर, संगीत – भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *