Skip to content


जिन्दगीको धाम छाँया तिमीसँगै जिऊँ कि ?
पिरतीको चोखो माया तिमीसँगै लाऊँ कि ?

खोजी हिँडे ढुकढुकी मायाले भरिएकी ।
आज भेट्दा तिमीलाई मायाले फकाऊँ कि ?

कसम खाई तिम्लाई भन्छु छैन कुनै अर्की।
चरित्रमा दाग छैन, छिमेकी सोधाऊँ कि ?

भनिदेऊ तिमी मलाई चिनो पो मिलाऊँ कि ?
काँधमा बोकी जबरजस्ती आजै घर ल्याऊँ कि ?

तिमी जस्तो पाउने छुईन बैना आजै दिऊँ कि ?
तिम्लाई लिन जन्तीसँगै केही दिनमा आऊँ कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *