Skip to content


हा, वारी जमुना, पारी जमुना
जमुनाको फेदैमा मनकामना

एकदशी बजारैमा फन्के रोटी थालमा
कसको छोरा कसको छोरी पर्यो माया जालमा

सिमसिम पानी कान्छी नानी भिज्यो पैताला माने ल
पहिले हामी नच्थ्यौं खेल्थ्यौं माया मैतालुमाने ल

कालेबुङको मैना चरी, टिष्टा खोला झर्यो
कर्म मेरो खोटी रैछ, मागी खानु पर्यो

आकाशैको गड्याङ्-गुडुङ् भुईंको खजुरीलाई नि ल
मरेपछि गङ्गाजीलाई, बाँचे हजुरीलाई नि ल

त्यही पारी सिम्सारैमा हलहलेको साग छ
पोडे होला चमार होला, तिम्रै माया लाग्छ

शब्द, स्वर, संगीत – खेमराज गुरुङ्
श्रोत: जीवन -२ (गीति एल्बम)

1 thought on “एकदशी बजारैमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *