Skip to content

दाहालले हो सपारेको


देश त्यसै कहाँ बन्यो ? दाहालले हो सपारेको
क्रान्ति रची रगतको अहालले हो सपारेको ।

जस लिन किन खोज्नु तैले मैले गरे भन्दै
भोका जन उत्रे सडक कङ्गालले हो सपारेको ।

दाङतिर गोली चल्यो मन्थलीमा मान्छे मर्यो
गणतन्त्र छिट्टै आयो भूपालले हो सपारेको ।

खोली छाती आयौ हान निडरले अघि बढ्दै
गोली थाप्ने शुक्र-गंगालालले हो सपारेको ।

सास रोकी बाच्नु पर्ने सयौ दिनको बाँध फुट्दा
सागर उर्ली जनताको बगालले हो सपारेको ।

3 thoughts on “दाहालले हो सपारेको”

Leave a Reply

Your email address will not be published. Required fields are marked *