Skip to content

थोरै बोल्नु, धेरै गर्नु


थोरै बोल्नु, धेरै गर्नु
राख्नु पर्छ अमेट छाप,
तिम्रै पालामा अन्त्य होस्
समस्याको अनेक चाप !

गाली ताली कति खायो
झाप्पट समेत खाको छौ,
आफ्नो दाहित्व नभुल्नु कहिल्यै
यैतिहासिक मौका पाको छौ !

आरोप पाछौ दहिचिउरेको
अब त्यसो नगर्नु ,
स्वबिबेकले चल्न सिक्नु
अरुको भर नपर्नु !

देशी बिदेशीको धाक धम्कीमा
नडराउनु तिमी अघि सर्नलाई,
देश र जनताको लागि तिमीले
सक्नु पर्छ अब मर्नलाई !

कुनै जिम्मा नदिनु
घुस्खुरिया र भ्रष्टलाई,
आसे पासेलाई पराइ राख्नु
सोच्नु देश र जनतालाई !

(नवनियुक्त प्रधानमन्त्रीप्रति समर्प्रित)

राजेश रुम्बा लामा “अतृप्त”

2 thoughts on “थोरै बोल्नु, धेरै गर्नु”

  1. ठिस बुढा

    “प्रधानमुन्त्री प्रति समर्प्रित…” दर्हो गयो
    उल्लाई ईम्याल पठाम न यो कविता, हेरुम के भन्दो हो।
    साँच्चै सुध्रिन्छ कि?

    🙂

    1. hahhaaa luna hau sir yo kaam
      hahhaaa luna hau sir yo kaam chai hajurle garnu paryo …katai molai ni k hi matriko pad paain6 ki…hahaha nice joks….tnx for comment..

Leave a Reply

Your email address will not be published. Required fields are marked *