Skip to content

अनेसास कुवैत च्याप्टरको बृहत साहित्यिक गोष्टी सम्पन्न

  • by
20110212_ManojKafleyNews


मनोज मनसुन, कुवैत
फेब्रुअरी १२, २०११

मिति २०६७ साल माघ २८ गते तदनुसार ११ फेब्रवरी २०११ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कुवैत च्याप्टरले बृहद रुपमा साहित्य गोष्टी सम्पन्न गर्यो । अभि जमान स्मृति ट्रस्टको प्रायोजन तथा अनेसास कुवैत च्याप्टरको आयोजनामा सम्पन्न उक्त गोष्टीमा कुवैतका लागि नेपाली महामहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । अभि जमान स्मृति ट्रस्टका संचालक, अनेसास कुवैत च्याप्टरका संरक्षक, स्पन्दन मासिक साहित्यिक बुलेटेनका सम्पादक वरिष्ट साहित्यकार कवि होम क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त साहित्य गोष्टीको सभापतित्व संस्थाका संस्थापक अध्यक्ष श्रीराजन रिमाल अभिलाषी ज्युले गर्नुभएको थियो । जेष्ट्य अतिथिका रूपमा भारतमा नेपाली राजनीतिका महानायक श्रीचन्द्रबहादुर क्षेत्री हुनुहुन्थ्यो । विशेष अतिथिको रुपमा एन आर एनका अध्यक्ष श्रीराजेन्द्र तामांग तथा अतिथिहरूमा अभि जमान स्मृति ट्रस्टकी सचिव कवियत्री तथा गायिका श्रीमती आशा क्षेत्री, एन आर एन तथा माउण्टएभरेष्ट स्पोटिड्ड कल्वका उपाध्यक्ष श्रीधर्मराज गिरी, नेपाल पत्रकार महासंधका अध्यक्ष तथा नेपाल-कुवैत डटकम मरुभूमिको कोशेलीका प्रबन्ध-निर्देशक श्रीसुजन केसी, कवि बालक गुरुङ, कुवैतनेपाल डटकमका प्रधान सम्पादक श्रीजय आले, नेपालकुवैत डटकम तथा मरूभूमिको कोशेलीका सम्पादक श्रीतोयानाथ उपेक्षित तथा आर बि बुढाथोकी, एन आर एन कोर्डिनेटर श्रीराजन कुवँर, नयाँ-नेपालका अध्यक्ष श्रीदिल पुन, नेपाल पत्रकार महासंध कोरियाका कोषाध्यक्ष श्रीबोधराज रेग्मी, लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष श्रीविवि मल्ल, नेपालकुवैत सांस्कृतिक मन्चका अध्यक्ष श्रीटिकाराम आचार्य, कालीगण्डकी बचत समुहका अध्यक्ष श्रीआशिष कुँवर, तमु समाज कुवैतका अध्यक्ष अम्मर गुरुङ, समाजसेवी सान प्रसाद प्रधान, राजु खड्का, अजुर्न तामांग आसिन हुनुहुन्थ्यो । अन्य आमन्त्रित पाहुनाहरूमा लालीगुराँस सांस्कृतिक परिवारका संरक्षक श्रीयादव श्रेष्ट, तमुसमाज कुवैतका उपाध्यक्ष श्रीखोप गुरुङ, लालीगुराँस सांस्कृतिक परिवारका उपाध्यक्ष तथा लोक गायक राजेन्द्र विरही, नेपालकुवैत सांस्कृतिक माचकी उपाध्यक्ष सुश्री प्रिती लामा, गायक चन्दन लिम्बु पुन, माधव शर्मा, अनिल रसाईली, रत्ना बराल, द्रोण गुरुङ तथा अन्य प्रचुर मात्रामा श्रष्टाहरूको उपस्थिति रहेको थियो । नेपाली महमहिम राजदुत वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेलले दीप प्रज्वलनको साथमा उद्घाटन भएको कार्यक्रमको संचलन अनेसास कुवैत च्याप्टरका सचिव श्रीमनोज मनसुन तथा अनेसास कुवैत च्याप्टरका उपाध्यक्ष श्रीआनन्द आचार्यले गनुभएको थियो ।

गोष्टीमा संस्थाका उपाध्यक्ष श्रीआनन्द आचार्यले सम्पूर्ण साहित्यिक मनहरूलाई स्वागत मन्तव्य दिनुभयो भने अध्यक्षज्यूले संस्थाको परिचय दिंदै “मानव नरहे भाषा साहित्य रहदैन, भाषा साहित्य नरहे मानव जीवनको मुल्य र मान्यता बन्दैन” भन्ने मुलमन्त्रलाई कदर गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको थियो । संस्थाका वरिष्ट सल्लाहकार श्रीसुजन केसीले वरिष्ट साहित्यकार कविहरूको सम्मान गर्नु भएको थियो । वरिष्ट साहित्यकार कथाकार श्रीमधुवन पौडेल लघुकथा, वरिष्ट साहित्यकार होम क्षेत्रीको कविता र गायिका श्रीमती आशा क्षेत्रीको झ्याउरे गीतसँगै अघि बढेको कार्यक्रममा करिव २०० को हाराहारीमा श्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा ४६ जना श्रष्टाहरूले आफ्नो रचना साहित्यको मझेरीमा पस्कनु भएको थियो । यसरी रचना वाचन गर्ने श्रष्टाको क्रममा अनेसास कुवैत च्याप्टरका अध्यक्ष श्रीराजन रिमाल, आनन्द आचार्य, तोयानाथ दहाल, मनोज मनसुन, हरिकृष्ण न्यौपाने, बिन्दु अधिकारी, आर बि बुढाथोकी, सुजन केसी, केदारनाथ खरेल, राजकुमारी याख्या, छविराम बिके, धर्मराज गिरी, डम्बर रिमाल, बिष्णु निश्चल, आशिष कुँवर, दिल पुन, राजेन्द्र तामागं, बालक गुरुङ, शिव देवकोटा, सुमिना राई, कृष्ण प्रसाद आचार्य, टिकाराम आचार्य, बोधराज रेग्मी, बि बि मल्ल, लिला भट्ट, खोप गुरुङ, जितेन प्रभात, छत्र कार्की, जीवन पुन, किरण चाम्लिड्ड, धर्मराज न्यौपाने, राजु राई, ताल बहादुर तामागं, सुष्मा राई, मनोज मनसुन हुनुहुन्थ्यो । गायक पुर्खा पुन, चन्दन लिम्बु, राजेन्द्र विरही, माधव शर्मा, अनिल रसाईली, द्रोण गुरुङ, गायिका रत्ना बरालले – आफनो भाकामा लोक तथा आधुनिक गीत गाउनु भएको थियो । साथमा भीम पारांग, सजना गुरुङ लगाएतका श्रष्टाहरूको रचना वहाँहरूको अनुपस्थितिमा संचालकबाटै बाचन गरिएको थियो ।

यसै गोष्टी पारेर १०१औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा विजयी श्रष्टाहरूलाई साहित्यकार कवि होम क्षेत्रीज्युले पुरुस्कार वितरण गर्नुभएको थियो । यस कवि गोष्टीमा पनि सम्पूर्ण रचनालाई एउटै बाकसमा मिसाएर भाग्यशाली रचना तानिएको थियो । भाग्यशाली रचना पुरस्कार हात पार्न सफलहुनेमा माउण्ट एभरेष्ट स्पोर्टिङ कल्वका उपाध्यक्ष श्रीधर्मराज गिरी प्रथम, कवयत्री राजकुमारी याख्या दोस्रो, नेपाल घेदुगं संधका उपाध्यक्ष लाल बहादुर तामागं तेस्रो र जीवन पुनको रचना सान्त्वनामा परेका थिए । पुरुस्कारको व्यबस्था संस्थाका संरक्षक वरिष्ट कवि श्रीहोम क्षेत्रीले गर्नुभएको थियो भने जेष्ठ अतिथिले कुवैतमा पनि यति धैरै साहित्यिक मनहरू भेट्न पाएकोमा आफूलाई हर्ष लागेको भन्दै सबै साहित्यप्रेमीहरूलाई साधुबाद टकर्याउनु भएको थियो । साथै सभापति राजन रिमाल अभिलाषीज्यूले सबै स्रष्टाहरूलाई साहित्यिक अभिबादक गर्दै कार्यक्रमको समापन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *