Skip to content

विजय थापाः सलाईका काटी र क्यान्भास

  • by


मध्य दिन, नेपाल ललितकला संस्था (नाफा)को कौशीमा राणाकालिन दरबारको एक खोपी भित्र रेडियोमा मधुर सङ्गति बज्दै थियो । विजय थापा साग धेरैपल्ट विभिन्न कार्यक्रममा भेट भैरहन्थ्यो तर खासै राम्रो चिनजान थिएन । पेन्टिङ्गमा प्रयोग गरिने सलाईको काटी बारे निकै उत्सुक्ता थियो । कहिले स्वधर्मी कहिले विधर्मी रङ्ग र तुलिकाघात -(ब्रश स्ट्रोक) को रहस्य जान्ने उत्सुक्ताले नाफामा पुर्‍याएकोे थियो । क्यान्भासमा घोरिएर काम गर्दै गर्दा विजय थापालाई नमस्कार शब्दले झस्काएछ क्यार उहाा हऽऽऽ भन्दै पछाडी र्फकनु भयो अनि सम्वाद सुरु भयो । जिज्ञासा सागै विजय दाईका ब्रश र मुख सागसागै चल्दै थिए ।

यस्तो रेखैरेखा र ब्रस स्ट्रोक र पेन्टिङमा किन र कसरी प्रयोगमा आए । प्रश्न सुन्नासाथ उहााको जवाफ अऽऽऽ बाट सुरु हुन्छ यो सिर्जना हो, मलाई ब्रस नचाउन र विभिन्न साईजका ब्रसलाई खेलाउादै एक वा अनेक रुपमा ढाल्न मन पर्छ । यसैमा प्रयोग गर्दैछु । सुरुमा सिकिएका रियालिस्टीक पेन्टिङका अवशेष सायद मेरा पेन्टिङमा भएका रङका धर्काहरु हुन ।ू उत्सुकता बढेपछि विजय दाई मुसुक्क हाासेर बिस्तारै कुरा गरौा न तपाईंको पहिलो प्रश्न नै मैले त बिर्सेा, भन्दै हुनुहुन्थ्यो । उहााले ब्रससागै आˆना कलायात्राको पनि बेलिबिस्तार लगाउन थाल्नुभयो ।

उहाा वि.स २००० सालमा नवलपरासी जिल्लामा जन्मनु भएको रहेछ । सुरुको अध्ययन जन्मस्थलमै र आठ कक्षादेखि भारतको गोरखपुरमा भएको रहेछ । कलामा रुचि जगाउने चाहीा एक भारतीय गुरु रहेछन् । उहााले परासी बजारको चौरमा सधैा कालोपाटीमा सरस्वतीको चित्र बनाएर सबै विधार्थीलाई प्रार्थना गर्न लगाउाथे । सरस्वतीको राम्रो चित्र देख्दा विजय थापाका हातहरुले पनि चक समाउन पुगेछन् र पछि गुरुको साटो उहााले नै चित्र बनाउन थाल्नु भयो ।

विद्यालय अध्ययनको क्रममा नैे ड्रइङ विषयमा सारै मन गएछ । उहााका हातहरु सधाै पेन्सिल,कापी,माटो आदिमा घुम्ने गर्दथे । गोरखपुरमा प्रवेशिका परीक्षा सकेर घर आएको समयमा तत्कालिन राजा महेन्द्र शिकार खेल्नका लागि भैरहवाको चिलिया जङ्गलमा रहादा विजय थापाले महेन्द्रकै चित्र बनाउनुभयो । पृष्टभूमिमा नेपालको नक्शा र बुद्धको चित्र बनाई राजा महेन्द्रलाई देखाउनुभयो । त्यो वाश पेन्टिङ देखेर महेन्द्र खुशी भए र काठमाडौा आएर भेट्न भने । विजय दाई काठमाडौा आउनुभयो र महेन्द्रलाई भेट्नु भयो । भेटपछि भारत सरकारबाट प्राप्त छात्रवृतिमा उहाालाई अध्ययन गर्न बनारस पठाइएछ । दुई बर्षपछि २०२१ सालमा काठमाडौा आउादा तत्कालिन युवराज वीरेन्द्र पनि बेलायतस्थित इटन कलेजबाट विदामा नेपाल आएका रहेछन । उनले त्यही चिलियामा बनाएको महेन्द्रको चित्र दखेर कसले बनाएको भनी सोधखोज गर्दा विजय थापाले बनाएको हो भन्ने पत्ता लगाए छन । त्यसपछि वीरेन्द्रले आफुलाई पनि यो वाश पेन्टिङ सिकाउन आग्रह गरेछन । विजय थापाले एक महिनासम्म वीरेन्द्रलाई चित्रकला सिकाउनु भएछ । त्यसैबेला उहााले महेन्द्रकोे फेरि उसैको लागि’ नामक कविता सङ्ग्रहमा दृष्टान्त चित्र बनाउने जिम्मा पाउनुभएछ । केही समयपछि भारत सरकारकै छात्रवृतिमा पुनः उहाा अध्ययन गर्न बनारस जानुभएछ । अध्ययन सकेर नेपाल र्फकनु भए पछि विजय थापा कलामा अझै सक्रिय हुन थाल्नुभयो । यो क्रमसागै उहाा आधुनिक चित्र बनाउने अभियानमा सक्रिय हुन थाल्नु भयो । २०२४ सालमा काठमाडौामा भएको विवाह सफल नभएपछि २०३१ सालमा सम्बन्धविच्छेद हुन्छ । त्यसपछि प्रेमिका रहनु भएकी दिलु थापासाग विजय थापाको पुनः विवाह हुन्छ ।

विजय थापा नेपाल फर्केपछि तत्कालिन गृह पञ्चायत मन्त्रालय ,नेपाल परिवार नियोजन सङ्घ, ललितकला क्याम्पस आदिमा अध्यापन व्यस्त रहनुभयो । २०२६ सालमा नेपाल ललितकला संस्था -नाफा) कार्य समितिमा कोषाध्यक्षमा काम गर्न थाल्नु भएका उाहाले २०५६ देखि ०६१ सालसम्म प्रज्ञा प्रतिष्ठानको सदस्य र नाफा प्रमुख भई काम गर्नुभयो ।

उहााका जीवनका यि भूतकालिन घटनाहरु बताएपछि केही समय ब्रस थन्काएर वर्तमान कलाका विविध पक्षमा हाम्रो कुराकानी केन्द्रीत हुन्छ ।

अहिले त एकेडेमी बन्ने कुरा चलिरहेको छ, कस्तो स्वरुपको हुनुर्पदछ त भन्ने प्रश्नको उहााको उत्तर आाउछमू समावेशी चरित्रको सम्पूर्ण नेपालीपनको कलालाई समेट्ने हुनुपर्दछ, तर समावेशीको नाममा स्तर गिराउनु हुादैन । स्तर निर्धारण गरिनु पर्दछ ।’ विधेयक २०६३ सालमै पास भैसकेको छ अब एकेडेमी गठनमा ढिलाइ भयो भने कला गतिविधी प्राज्ञिक रुपमा ठप्प हुदैा जान्छ । एकेडेमीको अभावमा संस्थागत कार्य शून्यप्राय छ र हरेक घण्टा यो शुन्यता बढ्दै जान्छ । भारतमा त्रिनालय, बाङ्गलादेशमा बाइनालय कला कार्यशाला हुन्छ तर हाम्रो सहभागिता र सक्रियतामा शुन्यता छाएको छ । विजय थापा निकै गम्भिर देखिनुभयो । नेपाली कलाको अवस्था अहिले बााझो खेत जस्तो भएको छ । कलाको सर्वाङ्गण्िा विकासका लागि सरकारले पहल गर्नुपर्दछ, बााझो खेत जोत्ने व्यवस्था मिलाउनु पर्दछ । हाम्रो कला,संस्व[mति, संस्कार र भुगोललाई उचित प्रयोग गरि पर्यटकिय गन्तव्यको रुपमा नेपाललाई विकास गर्न सक्नुपर्दछ । दृष्यचित्रकारका लागि नेपाल सर्वोत्तम गन्तव्य बन्न सक्छ । यसका लागि सरकारले आाखा खोल्न आवश्यक छ । एकेडेमी चााडै बनाउनु पर्दछ र आˆना आसेपासेका मान्छेलाई भन्दा क्षमतावान व्यक्तिलाई सञ्चालनको जिम्मेवारी दिनुपर्दछ, क्षमतावानलाई मौका दिनुपर्दछ । शैक्षिक प्रमाणपत्र प्राप्त कलाकार मात्र नभइ स्वयं अध्ययन गरेका क्षमतावान हामीकहाा धेरै छन् । उनीहरुको शीपलाई राज्यले भजाउन सक्नु पर्दछ ।उहाा प्रस्ट पार्नुहुन्छ ।

विजय थापाका नयाा तथा पुराना चित्रहरु हेर्न आग्रह गर्दा उहााले आˆना पुरानादेखि नयाा पेन्टिङ्गहरु एक एक गरी देखाउादै जानुभयो । सुरुव्ाातका चित्रहरु मुर्त शैलीमा छन् भने क्रमश आधुनिक अर्धमूर्त र अमूर्त शैलीमा बढ्दै गएको छ । मानव आकृतिलाई विम्ब्ामा प्रस्तुत गर्नु विजय थापाको उत्कृष्ट शिल्प शैली रहेको छ । हाल उहााले सलाईको कााटीलाई रङ्ग संयोजन अनुसार चित्रमा प्रयोग गर्दै आउनुभएको छ । सलाइको प्रयोगलाई उहााले यसरी परिभाषित गर्नुहुन्छ । सलाइको कााटीमा थोरै बारुद भए पनि यसको सानो झिल्कोले ठूलो उथलपुथल ल्याइदिन सक्छ । १० वर्षे द्वन्द्वकालको समयमा भएका घटनालाई मैले सलाइको कााटीको प्रयोग गरेर देखाउन खोजेको छु ।’

विजय थापाको रङ्ग संयोजन पनि शालिन छ । गाढा रङ्गलाई पनि माधुर्य प्रदान गर्नसक्नु उहााको खुबी हो । उहााले ठूला-ठूला तुलिकाको प्रयोग गरी चित्रलाई लयात्मकता दिनु भएको छ । प्रभाववादी शैलीमा काम गर्न रुचाउने विजय थापाको रङ्ग र तुलिकाले उहााको भावनालाई क्यानभासमा उतार्न सफल भएको देखिन्छ । दशैा अगाडी कला प्रदर्शनीका लागि व्यस्त कलाकार थापाको प्रदर्शनीले निश्चय पनि कला क्षेत्रमा नयाा आयाम थप्न सक्ने विश्वास कलाप्रमीहरुमा छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको सफलताप्रति आशावादी कलाकारले अब नेपाललाई कलाको उर्वर भूमिको रुपमा विकास गर्न सबैले आ-आˆनो ठाउाबाट सहयोग र योगदान गर्नुपर्ने उहााको तर्क छ । यसैका लागि पनि यो प्रदर्शनी गर्न लागेको उहा बताउनुहुन्छ ।

शुभकामना दिदै बिदा लिदै ढोकातर्फ लाग्दा पनि आखा उहाका क्यानभासमा अडिइनै रहेको थियो । ठूला-ठूला तुलिकाघात मधुर रङ्ग संयोजनमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *