Skip to content

माछापुच्छ्रेको शिरमा बीपी स्टाइलको टोपी

  • by


तर्राईमा हर्ुर्केर किशोरावस्थामा काठमाडौ“ आउ“दा भीमफेदीबाट तामदान वा डोकोमा बसे तापनि अलिअलि हि“डेको सम्झना छ । त्यसको ४०-४५ वर्षछि लुम्ले कृषि र्फमका हाकिमले झन्डै पा“च घन्टासम्म लुम्लेको वरपिर िहि“डाएका थिए, २०४५ सालतिर । चार-पा“च वर्षघि बद्रीकेदारको यात्रा गर्दा तेर्र्सो बाटो हि“डेपछि उकालो लाग्ने बेलामा घोडामा चढेको थिए“ । मेरो पहाड हि“ड्ने बानी छैन । त्यसैले त्यस्ता पहाडमा हि“ड्ने प्रस्तावहरू मैले अस्वीकार गर्ने गरेको थिए ।
यसपालि महेश आचार्यको आग्रहलाई मैले अस्वीकार गर्न सकिन“ । हामी घान्द्रुक जान गत जेठ ३ गते दिउ“सो निस्िकयौ“ र राती पोखराको लेकसाइडको होटल स्तुपामा बस्यौ“ ।
बिहान भेट्न आउने मान्छेहरूले गर्दा एकाबिहानै नया“ पुल जाने भन्ने हाम्रँे सोचाइ अलमलियो । ८ बजेतिर मात्र प्रस्थान गर्न सक्यौ“ । घान्द्रुक क्ष्ँेत्रसित पर्ूण्ा परििचत पोषनाथ शर्मा पनि हाम्रो यात्रामा सामेल हुनुभयो । षडानन्दजीको घरमा मोटर राखेर म, श्रीमती रीता, महेशबाबु तथा श्रीमती मीना, पोषनाथजी र चालक सानु कु“वर हि“ड्यौ“ भरयिालाई अघिअघि लगाएर समुद्रको सतहभन्दा १० हजार ७० मिटरको उचाइबाट । बाया“पट्ट िमाछापुच्छ्रे र अन्नपर्ूण्ा हिमालको हिउ“ मिसिएर बनेको मोदी खोलाको गडगडाहट तथा अगाडि माछापुच्छ्रे र अन्नपर्ूण्ाको मनोरम दृश्यले अत्यन्त सुखानुभूति हुन्छ पर्यटकलाई । प्रकृतिको विशिष्ट सिर्जनालाई नियाल्दै हि“ड्दै जा“दा बीरेठा“टी आइपुग्छ अनि हामी त्यहा“को झोलुङ्गे पुल पार गरेर अगाडि बढ्छौ“ । तर, हामी होइन, महेशबाबु, मीना आचार्य र पोषनाथजी हि“ड्दा हामीभन्दा पछाडि नै हुनुहुन्थ्यो । र, यसो पछाडि हर्ेदा टाढासम्म देखिएको बाटोमा उहा“हरू देखिनुभएन । हामी सडकमा उभिएर कुर्‍यौ“, केही बेरपछि पोषनाथजी देखिनुभयो र टाढैबाट चिया खान बोलाउनुभयो, हामीले नफर्किने इसारा गर्‍यौ“ र अलि अगाडि एउटा पसलमा कलिलो झुस उम्रिएको का“क्रो किनेर खा“दै उहा“हरूलाई कर्ुन रोकियौ“ ।
हामी सबै हि“ड्यौ“ । फेर िअगाडि-पछाडि भयौ“ । म र सानु सबभन्दा अगाडि थियौ“ । म तेर्र्सो बाटोमा जति पनि हि“ड्न सक्छु । फेर ियो बाटो त फराकिलो, डोजर लगाएदेखि मोटर सजिलैसित दौडिन सक्ने । सानुले अनेक कुरा सुनाए, मैले रमाइलो मान्दै सुने“ । प्रधानमन्त्री हु“दा गिरजिाप्रसाद कोइरालाको गाडी चलाएका उनले यसअघि वरष्िठ राजनीतिज्ञ शैलेन्द्रकुमार उपाध्यायको गाडी पनि चलाएका रहेछन् ।
सानुको कुरा सुन्दै हामी एउटा रेस्टुरा“अगाडि पुग्यौ“ । रेस्टुरा“मा हूल थियो । रेस्टुरा“बाट एक जना मानिस निस्के र मलाई भने, “तपाईंलाई कताकता देखेको जस्तो लाग्छ ।” मैले आफ्नो नाम भने“ । तिनले आफ्नो परचिय दिए तथा चितवनबाट सबै लेखापढी गर्नेहरू घान्द्रुक जान लागेको भन्दै त्यहा“ मिटिङ् पनि गर्ने जानकारी दिए । एकछिनपछि महेशबाबुहरू आइपुग्नुभयो । तीमध्ये केहीले महेशबाबुलाई चिने र अभिवादन गर्दै फोटो पनि खिचाए । मैले पोषनाथजीलाई भने“, “डोजर लगाएर बाटो सम्याउने हो भने मोटर राम्रैसित चल्छ ।” पोषनाथजीले भन्नुभयो, “चाइनिजहरूले सा“दीखोलासम्म यो बाटो बनाउन लागेका हुन् तर द्वन्द्वका बेला कुरा मिलेन, बाटो निर्माण बन्द भयो, अब त सरकार उनैको बन्ने होला, बाटो बनाउलान् कि -”
स्याउलीबजारसम्म पुग्न डेढ दर्ुइ-घन्टा लाग्ने भनिएको तर्ेसै बाटो काट्न पनि हामीलाई पुगनपुग तीन घन्टा लाग्यो । बाटोमा प्रशस्त विदेशीहरू देखिन्थे । बाटामा देखिएका सबै होटलहरू आकर्ष थिए । दाया“बाया“ होटलअगाडिका सडकमा ढुङ्गा छापिएका थिए र रङ्गीचङ्गी छाताका बीचमा गोलाकार टेबुल अनि त्यसवरपिर िमेच राखिएका थिए । टेबुलमाथिको मेन्यु हर्ेदा आर्श्चर्य लाग्यो । संसारका प्रसिद्ध प्रायःजसो परकिारहरू चप्सी, पास्ता, पिज्जा, रसियन सलाददेखि आलुतामासम्म उपलब्ध । कोठा अत्यन्त सुग्घर र सफा । बाथरुममा अटुट तातोपानीको व्यवस्था ।
हामीले त्यही“ खाना खायौ“ र पौने १ बजेको तातो घाममा गन्तव्यतिर उक्लिन थाल्यौ“ । वीरेठा“टीको पुल तरेपछि दाहिनेतिरको मोदी खोलास“गै विस्तारैविस्तारै म पनि पछि पर्न थाले“ । सानु कु“वरले मेरा लागि एउटा बा“सको लठ्ठी खोजेर ल्याए । तर पनि म थकाइले ठाउ“ठाउ“मा बस्न लागे“ । छिनछिनमा होटल आउ“थ्यो, होटलका कर्ुर्सर्ीी थकाइ मार्न बस्दा होटलवाला पनि खुसी नै हुन्थे अनि नाउ“, गाउ“, थर र ठेगाना सोध्थे । पोषनाथजी नेता भएकाले त्यस क्षेत्रका होटलवालाहरूमध्ये केहीलाई चिन्नुहुन्थ्यो र भलाकुसारी गर्नुहुन्थ्यो । मैले जिस्िक“दै पोषनाथजीलाई भने“, “घान्द्रुकको गुन्द्रुक मीठो हुन्छ भन्छन्,” उहा“ले भन्नुभयो, “केही छैन, म गुन्द्रुकको बन्दोबस्त गरौ“ला नि †”
मेरी श्रीमती रीतालाई उकालो चढ्न गाह्रँे हुन्थ्यो र हामीले डा अरुण दीक्षितको सल्लाह अनुसार स्वा“स्वा“ हु“दा खाने केही औषधि बोकेरै गएका थियौ“ । तर, आर्श्चर्य उनी महेशबाबु र मीनास“गै भरयिाका पछिपछि मस्तैसित हि“डिन् । ठाउ“ठाउ“ हामीलाई पर्खेर उनीहरू बस्थे । म भने महेशबाबुलाई देख्नेबित्तिकै ज्रि्रो टोेकेर दुवै कान समात्दै नकारात्मक मुन्टो हल्लाउ“थे“ । महेशबाबु स्वभावतः यसको जवाफ मुसुमुसु हा“सेर दिनुहुन्थ्यो । हामी पत्थरको भर्‍याङ उक्लदै सकीनसकी कल्यू भनिने ठाउ“मा आइपुग्यौ“, यहा“बाट घान्द्रुक नगईकनै अन्नपर्ूण्ा तथा माछापुच्छ्रे बेसक्याम्प जाने अर्को बाटो पनि रहेछ ।
म थाकेर लोथ भएको थिए“ घान्द्रुक पुग्दा । हातमुख धोएर कोठाबाहिरको बार्दलीबाट माछापुग्छे्र र अन्नपर्ूण्ाको हिमशृङ्खलाको मनमोहकता पान गर्‍यौ“ । मलाई लाग्यो, माछापुच्छ्रेले त बीपी स्टाइलको दर्ुइपत्रे नेपाली टोपी लगाएको छ । फेर िसोचे“, त्यस्तो कहा“ हो र † बरु बीपीले घान्द्रुक आएर माछापुच्छ्रेको सुन्दरताबाट प्रभावित भएर आफ्नो टेापीलाई त्यो डिजाइन दिन थाल्नुभएको हुनसक्छ । जेहोस्, हिमशृङ्खला साह्रै रमणीय थियो । छातीमा हृदय भएका मानिसलाई ती हिमशृङ्खलाले नलोभ्याउने कुरै छैन ।
हामी बसेको मिलन होटलका मालिक शङ्कर गुरुङ सामाजिक र केही अर्थमा राजनीतिक सोचका साह्रै मिलनसार हुनुहु“दोरहेछ । उहा“ले घान्द्रुकलाई पहिले को“डबास भनिन्थ्यो भन्ने जानकारी दिनुभयो । गुरुङ भाषामा का“ेड भनेको अग्लो ठाउ“ रहेछ । फेर ि घान्द्रुकमा घाम नदेखिने हु“दा ‘घामदूर’बाट अपभ्रंश भएर घान्द्रुक भएको पनि बताउनुभयो । जेहोस्, घान्द्रुक शब्दलाई विभिन्न प्रकारले अर्थ्याइन्छ ।
त्यहा“ गुरुङ संस्कृति जनाउने उद्देश्यबाट एउटा म्युजियमको पनि स्थापना भएको रहेछ । त्यसै गरी घान्द्रुकका निम्ति केही मात्रामा उज्यालो पार्ने उद्देश्यले ५० किलोवाट क्ष्ँमता भएको विद्युत्गृह पनि निर्माण गरएिको रहेछ । समुद्री सतहबाट १९५१ मिटरको अग्लाइमा रहेको घान्द्रुकलाई अलि टाढाबाट हर्ेदा कुनै विशिष्ट चित्रकारले हिमालहरूको कलात्मक माला बनाएर घान्द्रुकलाई पहिराइदिएको झै“ लाग्छ ।
सा“झ विभिन्न परकिार भएको खाना खायौ“, तीमध्ये गुन्द्रुक पनि थियो । मैले त जिस्िकएको थिए“, पोषनाथजीले गम्भीरतापर्ूवक लिनुभएको रहेछ, धन्यवाद पोषनाथजी † उहा“ले राती भन्नुभयो, “महेश दाइ त झिनु जाने कुरा गर्नुहुन्थ्यो ।” मैले भने“, “पानी परेकाले बाटो चिप्लो छ, यताबाट प्रायः ओरालो पर्छ । तर्सथ, नजानु बेस् †” उहा“ले केही प्रतिक्रिया जनाउनुभएन, मौन रहनुभयो । म झिनु उक्लन सक्तिन“ भन्ने निश्चयमा पुगेको थिए“ । र, पोषनाथजीको मौनताले जानु पर्दैन भन्नेमा ढुक्क भए“ ।
भोलिपल्ट बिहान त माछापुच्छ्रे र अन्नपर्ूण्ाको शृङ्खलाले स्र्वर्गकै सम्झना गरायो । महेशबाबुले क्यामरा झिक्नुभयो अनि धडाधड फोटो खिचियो । विज्ञानको कस्तो चमत्कार † क्यामरामा रलि हाल्न नपर्ने, जति खिचे पनि हुने †
ब्रेकफास्ट गर्दा महेशबाबुले भन्नुभयो, “खाना खाएपछि केहीबेर आराम गरेर हामी झिनुतर्फलागौ“ ।” मैले पोषनाथजीलाई भोलि रातीसम्म पोखरा पुग्नुपर्ने भएकाले नजानु बेस भन्ने तर्क अघि सारे“ । तर, महेशबाबुले त्यसैले त झिनु आजै जाऔ“ अनि भोलि त्यहा“बाट फर्कौंला भन्ने सहज तर्क अघि सार्नुभयो । मैले रुन्चे अनुहार लगाएर स्वीकारे“, अर्को उपाय थिएन । मैले झिनु जा“दा जति त जिन्दगीमै हि“डेको थिइन“ ।
हामी माछापुच्छे्र, अन्नपर्ूण्ा तेस्रो, हिमचुली, गड्गपर्ूण्ा हिमशृङ्खला हर्ेर्दै हि“ड्यौ“ । मेरो अगाडि गुरुङका रेस्टुरा“, होटलअगाडि आउन थाले । जसका मेन्युमा संसारभरकिा र नेपालमा प्रचलित खानाका परकिारहरू समेटिएका थिए । त्यति मात्र कहा“ र – संसारका नामुद मदिराका सूचीमा मेक्सिकोको टकिला, इटालीको सिन्जानो पनि थियो । ठाउ“ठाउ“मा बाटो खतरायुक्त थियो तर तिनमा रेलिङ् नहालेका । किन होला – मनमनै सोचे“, यस्ता सानासाना कुरामा पनि किन सरकारकै मुख ताक्ने – त्यत्तिका होटल छन् । सबैले मिलेर गरे त भइहाल्थ्यो नि † यसरी घान्द्रुक यात्रा सकेर हामी काठमाडौ“ फर्कियौ“ ।
एकदिन महेशबाबु मकहा“ आउनुभयो । मैले उहा“लाई भने“, “घान्द्रुक यात्रामा अब कहिल्यै आउ“दिन“ भनेर मैले बारम्बार कान समातेको थिए“ । तर, अब म त्यो सोचाइ फिर्ता लिन्छु । मलाई मोहिनी लाग्यो । वाल्मीकिको तपस्या मेनकाले भङ् ग गरेजस्तै धवल नवयौवना माछापुच्छ्रे र अन्नपर्ूण्ाले मेरो तपस्या भङ्ग गरे । तिनीहरूप्रति म सम्मोहित भए“ । स्र्वर्ग खोज्दै संसारै घुमेको म, अन्ततः आफ्नै देशमा स्र्वर्ग भेटे“ । मलाई तिनले फेर िकहिले आउने भनेर निमन्त्रणा दिइरहे । मैले आउने वचन दिए“ ।” महेशबाबु यसपालि पनि घान्द्रुकयात्रामा झै“ मुसुमुसु हा“सी मात्र रहनुभयो ।
एउटा सल्लाह पहिलोपल्ट घान्द्रुकयात्रामा निस्कनेलाई । घान्द्रुक जान ट्रेकिङ् यात्रा गर्ने हो भने नया“ पुल वा पोखरामा गाडी राखेर नया“ पुलबाट स्याउलीबजारमा पुगेर बास बस्नर्ुपर्छ । र, बिहान झिसमिसेमै घान्द्रुकको उकालो चढ्नर्ुपर्छ । नत्र हामीले जस्तो स्याउलीबजारमा खाना खाएर मध्यान्हमा उकालो लाग्ने हो भने थाकेर लोथ भइन्छ ।

नेपाल साप्ताहिक ३१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *