मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जीवनको मूल्य खोजिएका निबन्धहरू
kbs — Sun, 02/13/2011 - 12:17
नेपाली साहित्यमा निबन्ध विधालाई रुखा-सुख्खा विधा मानिन्छ र पनि यसमा कलम चलाउनेहरूको भने कमी नै चाहिँ छैन । निबन्धका उपविधा-नियात्रा एवं हास्यव्यङ्ग्य लेखन र पठन दुवैका दृष्टिले चल्तीका भए पनि आत्मपरक विषय-सन्दर्भका निबन्धहरू चाहिँ कमै लेखिनेमा पर्दछन् । विचारप्रधान यस्ता निबन्धहरूको स्वतन्त्र फैलावट तथा समाजको एक गौरवपूर्ण पात्रको जीवनवृत्त पढेर लिन सकिने लाभ निबन्धभित्र असीमित नै हुन्छ । यस्तै निबन्धकारमा पर्दछन्- जयदेव गौतम । पचासको दशकमा उदाएका निबन्धकार जयदेव गौतम लेखनयात्राको समयावधिका हिसावले यतिबेला पाँच-सात सङ्ग्रहका जोदाहा निबन्धकारमा दरिइसक्नुपर्ने थियो तर भर्खरै मात्र उनी 'लक्ष्मणरेखाका दासहरू' निबन्धसङ्ग्रहमार्फत् निबन्धकारहरूको लाइनमा उभिन पुगेका छन् ।
गौतमको यस सङ्ग्रहभित्र विविध विषय र सन्दर्भका अठार वटा निबन्धहरू सङ्गृहीत छन् । निबन्धलेखनका हिसावले उनको पहिलो रचना वि.सं. २०४९ सालमा 'आस्था कर्कलाको पानी होइन' शीर्षकमा 'युगसम्बाद' पत्रिकामा प्रकाशित थियो । 'लक्ष्मणरेखाका दासहरू' मा जम्मा अठार शीर्षकका निबन्ध रहनु र उनको निबन्धलेखनको समयावधि पनि अठार वर्षको हुनुले वर्षको एउटाले प्रतिनिधित्व गरे पनि उनी बीचको समयमा पात्ताल प्रवासमा हराएका कारण पछिल्लो समयमा आएर मात्र उनी ज्यादा सक्रिय देखिएका छन् । उनको पहिलो निबन्धले भारतीय राज्य उत्तरप्रदेशको राम जन्मभूमि विवादको सन्दर्भलाई लिएर धार्मिक आस्था र विश्वासको पक्षमा वकालत गरेको छ । उनी मानवीय जीवनको सकारात्मक चिन्तक, व्याख्याताका रूपमा सङ्ग्रहभरि छरप्रष्ट छन् । उनी जीवन बाँच्ने रहरमा लटरम्म फुलेका छन् र आत्महन्ताहरूलाई धिक्कार्छन् ।
सङ्ग्रहमा फरकफरक विषय र सन्दर्भका निबन्धहरू रहेका छन् । व्यक्तिकेन्द्री निबन्धहरूमा उनी कुशल निबन्धकार सावित भएका छन् । उनले पारिजातको साङ्गोपाङ्ग जीवनलाई 'मैले भेटेकी पारिजात' मा उतारेका छन् । दँगासे साइँला' को त्याग र प्रजातन्त्रप्रतिको शहादतको उच्च मूल्याङ्कन गरेर गौतमले देशको सच्चा सपुतलाई पछिल्लो पुस्तामा चिनाउने काम गरेका छन् । जापानी ग्रान्डमास्टर कानाजावाको नेपाल मोहलाई सलाम गर्नुपर्छ । विदेशयात्राका पृष्ठभूमिका निबन्धहरू बादलुभन्दा माथि हङकङ विमानस्थलमा केही घण्टा, अमेरिकामा भेटिएका अमिगो र अमिगाहरू रोचक शैलीका निबन्धहरू छन् । 'चामल र चमेली' निबन्धमा गौतमले भोक र सौन्दर्यको उत्तिकै आवश्यकता बोध गराएका छन् सुन्दर जीवनका लागि । 'लक्ष्मणरेखाका दासहरू' शीर्षकको निबन्धले सिङ्गो सङ्ग्रहकै नामाकरणको प्रतिनिधित्व गरेको छ ।
लक्ष्मणरेखाको दास बनेर नाघ्न नचाहँदो दुर्नियतिको व्याख्यान सँगसँगै यसका धार्मिक मान्यताहरू पनि उधिनेका छन् तर 'लक्ष्मणरेखा' वास्तवमा 'भ्रमरेखा' हो भन्ने लेखकलाई कमै मात्र जानकारी भएको देखिन्छ । रामायणको व्याख्यानअनुसार श्रीराम सर्वव्यापक छन् र उनी कर्ताहर्ता सबै हुन् । उनलाई सीता हरण गर्न रावण आएको भन्ने पनि ज्ञान हुन्छ । त्यसैले असली सीतालाई अग्निमा लुकाएर नक्कली सीता खडा गरेका हुन्छन् । लक्ष्मणलाई यो कुराको ज्ञान हुँदैन र लक्ष्मणरेखा कोर्छन् । सीताले रेखा नाघेपछि रावणले हरण गरेर लान्छ र आफ्नो अशोकवाटिकामा राख्छ । श्रीरामले हनुमान, सुग्रीवलगायतको सहयोगले रावणलाई मारेर सीतालाई ल्याउँछन् । यो सबै जम्मा एक वर्षभित्र भएको हुन्छ तर गौतमले वषौर्ं भनेर उल्लेख गरेका छन् । पछि अग्नि परीक्षाको निहुँ गरेर नक्कलीलाई डढाएर असली सीता निकालेको रामायणको रोचकपक्षमा गौतम अलमलिएका देखिन्छ । त्यस्तै, पारिजातको सन्दर्भको निबन्धमा 'बागमतीमा पानी एकलास बगिरहृयो' भनेका छन् । पानीको बग्नेक्रम एकलास नभएर एकनास अथवा निरन्तर अविरल हुनुपर्थ्यो । केही अन्य शाब्दिक एवं व्याकरणिक त्रुटिहरू पनि नभएका होइनन् तर आकर्षक साजसज्जा र स्तरीय छपाइले त्यसलाई ढाकिदिएको छ । निबन्धलाई परिभाषाभित्र बाँधेर राख्न सकिँदैन भनिन्छ । यसैकारण गौतमका 'लक्ष्मणरेखाका दासहरू' भित्रका अठारवटै लेखहरूलाई निबन्ध नै भन्न सकिन्छ अन्यथा यसमा केही यात्रासंस्मरण छन् र केही संस्मरण पनि छन् । समग्रमा भन्दा विविध सन्दर्भका सामग्रीहरूको पठनीय सँगालो बनेको छ 'लक्ष्मणरेखाका दासहरू' र यसै कृतिमार्फत् उनी पत्रकारबाट साहित्यकार, त्यसमा पनि निबन्धकारमा दरिएका छन् ।
कृति ः लक्ष्मणरेखाका दासहरू (निबन्धसङ्ग्रह)
निबन्धकार ः जयदेव गौतम
प्रकाशक ः विक्रान्त बुक हाउस, भक्तपुर
प्रकाशन ः २०६७, असोज
पृष्ठ ः ८९+१४
मूल्य ः रु. १७५।-
- 4171 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 4 hours ago - आभार
2 days 7 min ago - बहुत खुब कहिल्छि ।
4 days 23 hours ago - आभार प्रकट गरे
6 days 22 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 36 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 18 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 20 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 20 hours ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- महलकी रानी
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
Last viewed:
- पढाइ र साथीहरू
- एउटा मृत्यु
- नूतन वर्षको प्रतीक्षामा
- मलाई नसोध कहाँ दुख्छ घाउ
- दशैंको शुभकामना
- लोढाशङ्करको अभियान
- कुहिरो र घोडचढीहरू
- फूलको कविता
- दसैँ स्रष्टाको कलममा
- अरु-मर्दा भने श्रद्धाञ्जली
- सर्बश्व मलाई लुटाएर गई
- नेपाली राष्ट्रिय गान
- जिन्दगानी
- कसैको यादमा
- भुइँमान्छेका छायाँहरू
- पहिलो माया
- हिँड्छु
- पल्टन
- मनमा मायाको अमिट छाप
- मैले आफ्नै देश हराएँ
- देशले गुज्रेको द्वन्द्वकाल
- मेरी उनी
- सम्बन्ध बिच्छेद (लघु कथा)
- पछुतो
- गल्ती हजार हुन्छन
- मनकाे बह
- सुकेको आँशु दुखेको मन
- उसलाई थाहा छ
- पिइन्छ, मातिन्छ, अनि, ढलिन्छ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
Post new comment