मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
लयात्मक गीतिसङ्ग्रह
kbs — Sun, 02/13/2011 - 12:20
गीत पढ्नेभन्दा सुन्ने सिर्जना भए पनि अहिले दृश्य माध्यमहरूका कारण गीत सुन्नेभन्दा हेर्ने सिर्जनाझैँ बन्न थालेको छ । जे भए पनि गीत आफैँमा पूर्ण विधाभने होइन । गीतमा सङ्गीत र स्वरको सङ्गम भएपछि मात्रै गीतले जीवन्तता र पूर्णता प्राप्त गर्न सक्दछ । यद्यपि गीतहरूको सङ्ग्रह प्रकाशन गर्ने होड भने बढ्दो छ । यही क्रममा चूडामणि देवकोटाको गीतसङ्ग्रह 'मनका हरफ' प्रकाशित भएको छ ।
चूडामणि देवकोटाका वि.सं. २०२७ मा नै कविता प्रकशित भइसकेका स्रष्टा हुन् तर निरन्तरताको अभावले उनको कवि व्यक्तित्व त्यति प्रकाशमा आएको पाइँदैन तर गीतसङ्गीतको क्षेत्रमा भने उनले आफूलाई गीतकारको रूपमा स्थापित गर्न सफल भएका छन् । वि.सं. २०५५ देखि गीतिलेखनमा आवद्ध देवकोटाका प्रस्तुत सङ्ग्रहमा ९७ वटा गीत सङ्गृहीत छन् जसमध्ये ५२ वटा गीतहरूले स्वरबद्ध भएर पूर्णता पाइसकेका छन् । तीनवटा गीति एल्बमसमेत प्रकाशित देवकोटा मूलतः माया, प्रेम र राष्ट्रिय भावनाका गीतकार हुन् ।
आँधीबेरी चल्न लाग्यो, मेरो डुङ्गा नछाडी देउ
भाग्य मेरो थाहा छैन, किनारासम्म तारीदेउ ।
प्रस्तुत गीति हरफ सरल र सम्प्रेषणीय भएर पनि अभिव्यक्त विम्ब बलियो देखिन्छ । मायाप्रीतिका गीतहरूमा मिलन, बिछोड, वाचा, प्रतीक्षा, कल्पना, खुसी र पीडाका स्वरहरू रहेका छन् । गीतसङ्गीतमा मायाप्रेमको अधिकता हुने भए पनि चूडामणिका गीतसङ्ग्रहमा राष्ट्रिय भावनाका गीतहरूले पनि त्यतिकै स्थान पाएका छन् ।
हिमाल पनि हाम्रो, तराई पनि हाम्रो
संसारमा कहीँ छैन, नेपालजस्तो राम्रो ।
हिमाल, पहाड, तराई जहाँ बसे पनि भौगोलिक र जातिगत भेद हटाएर एकता र सद्भाव कायम हुनुपर्ने गीतहरू सङ्ग्रहमा छन् । समानता, एकता र समर्पणको ढुकढुकी हृदयमा गुञ्जिनसक्यो भने देश सोचेजस्तै सुन्दर बन्ने विश्वास गीतकारले गीतहरूमार्फत् गरेका छन् ।
यसैगरी सङ्ग्रहमा गरिबी र बेरोजगारीले बाध्यतापूर्वक वैदेशिक रोजगारीमा जाने नेपालीले भोग्नुपरेका दुःख पीडालाई पनि समेटेका छन् । उनका गीतमा श्रमजीवीहरूको पसिनाको मूल्य र साहूहरूले गर्ने शोषणलाई स्थान दिइएको छ । समग्रमा गीतकार चूडामणि देवकोटाको 'मनका हरफ' गीतसङ्ग्रहका गीतहरू जति पठनीय छन्, त्यति नै लयात्मकताको आभास दिलाउने खालका छन् ।
पुस्तक ः मनका हरफ (गीतसङ्ग्रह)
गीतकार ः चूडामणि देवकोटा
प्रकाशक ः रवि के.सी.
संस्करण ः प्रथम, २०६७
पृष्ठ ः १४+९८
मूल्य ः रु. २००।-
- 1093 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 13 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 8 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- घाँस खाने (लघु-कथा)
- ‘जोरायलका चण्डेश्वर, (शार्दूलविक्रीडित छन्द)
- आशाका किरणहरू
- ठंडीक एक कप गरम चाय
- हिमाली गुराँस ६० नियात्रा विशेषाङ्को सङ्क्षिप्त अध्ययन
- हाँगो हेर
- कान्छी हे कान्छी
- आमाको सम्झनामा
- मलाई डर लाग्छ
- मकुण्डोले मुख छोपी किन हिड्छौ राती
- साँच्चै दुनियाँमा खुशी छरेर देखाउ
- आउँदा केही छैन, जाँदा भने रुवावासी
- एक न एकदिन
- सारंगीको धुन सुनी
- पछिल्ला रचनाहरू
- सम्झनाका दुई फूल
- छिमेकी छ लुच्चो
- साहित्यमा कविता विद्या
- कम्प्यूटरक दुनिया (मैथिली कविता)
- लुली लुली हात (बालकविता)
- यो आँखाको झरी पनि
- लोकतन्त्रको पीडा
- जिन्दगी हो आँसु हाँसो
- कोदाली र हथौडाले उठाएको फोको
- घुनपुत्ली परेकाे छ
- मदन पुरस्कार पुस्तकालयमा छँदा
- सहकारी नारा (कविता)
- आफ्ना पराई हुँदाको शोक
- शिव शर्मा ब्राह्मण
- मेरो स्वतन्त्र खोसी आफ्नै हैकम चलाउँछौ भने
Post new comment