तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पंचासेको फूल राखे मैले
भीर थियो पाखा थियो गीतको मिठो भाका थियो
लुकी लुकी चियाउने गाजलु त्यो आँखा थियो
अगेना मा गुन्द्रुक मकै राखी दियौ तिमीले
त्यही मकैमा पोखराको दिल राखे मैले
हिंड्नु थियो टाढा थियो मन कस्तो आधा थियो
संगै बसने रहर थियो घर-गाउको बाधा थियो
पर पुगी फर्की फर्की यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले ?
शब्द – विनोद गौचन
स्वर – विवेक श्रेष्ठ (कन्दरा)
संगीत – कन्दरा
