Skip to content


‘क’ ले एसएलसी पास गर्न नसकेपछि व्यापार गर्न थाल्यो । ‘ख’ ले आइए पास गर्न नसकेपछि व्यवसायमा मन लगायो । ‘ग’ ले बी.ए. पास गर्न नसकेपछि साहित्य सिर्जनाको बाटो लियो । उनीहरू तीनजना अहिले, यो देशका नामी व्यापारी, नामी उद्योगपछि र नामी लेखक भएका छन् ।

मैले हाडछाला घोटेर दुईवटा विषयमा डिग्री गरे । वर्षौंसम्म एकोहोरा पढाइमा लागेको हुँदा, मैले पढ्नबाहेक केही जानेको पनि होइन । अनि व्यावहारिक जीवनमा कामलाग्दा मान्छेसँग हिमचिम बढाउने अवसर पनि मिलेन, मैले पढेर जानेको कुरा विद्यार्थीहरूलाई बाँड्छु । बाइस वर्ष भयो, डेराकै बास छ । सहरको महङ्गी । अस्थायी, जागिर मैले अहिलेसम्म अतिरिक्त रकम बचाएर राख्न सकेको पनि छैन । ‘क’, ‘ख’, ‘ग’ ले सडकमा भेट्ता कहिलेकाँही ‘लिफ्ट’ दिने गरेका छन् ।

भेट भएपिच्छे उनीहरूले मलाई भन्छन्, “तँ त यसपटक झन् दुब्लाइस्, के भयो । यार ?”

मैले पनि उनीहरूका भकुन्डे गाला, फैलिएको चिउँडो र ध्याम्पे भुँडी क्रमशः बढ्दै गएको पाएपछि भन्नैपर्ने हुन्छ, “तँ त यसपटक झन् मोटाइछस, झण्डै नचिनेको यार !”

कमलाकुञ्ज, ओखलढुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *