Skip to content


दुखाए नि मुटुहरू थापीराख छातीहरू
सक्ने छैनन् सामन्तीले चलाउन लाठीहरू ।
अन्याय र अत्याचारलाई भण्डाफोर गर्नै पर्छ
अधिकार पाउनलाई अब हामी लड्नै पर्छ ।।

तेल पनि र्झनलाई मेसिनले नै मेल्नुपर्छ
अत्याचारि सामन्तीलाई जरैदेखि छेड्नुपर्छ ।
छुट्याएका सामन्तीले पानीचल अचल भनी
मिले यिनी एकजुट भए शोषण गर्ने पाइन्न भनी ।।

उकालोमा सँगै चढौँ ओरालोमा सँगै झरौँ
अत्याचारी सामन्तीका विरुद्धमा बरु मरौँ ।
आऊ सबै अछुतहरू हातेमालो गरौं अब
अधिकार पाउनलाई एकै ठाम मरौ अब ।।
 
परिवर्तन गर्नलाई पछि हड्नु हुन्न अब
पानी चल पानी अचल लड्नै पर्छ सबै अब ।
परिवर्तन गर्नलाई अब केही गर्नै पर्छ
सामन्तीका विरुद्धमा बरु हामी मर्नै पर्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *