Skip to content

बन्द गर्ने पालो माग्छु मेरो टाउको दुख्यो आज

  • by


बन्द गर्ने पालो माग्छु मेरो टाउको दुख्यो आज
यो नेपालको हेर मुहार अर्थतन्त्र सुक्यो आज

ढुंगा मुढा टाएर बाली आउने शान्ति लखेट्दैछन्
भाइ-भाइको द्वन्द्व हेरी बुद्धको शिर झुक्यो आज

हत्या गर्ने परम्परा कहिलेसम्म चल्छ यहाँ
कहिले मान्छे कहिले गैंडा मानवता चुक्यो आज

देशको मुहार फेर्छु भन्दै आफनै बलि दिए शहिद
के दिन्थे र शान्ति आउन डरले कता लुक्यो आज

चक्का जाम र बिरोध र्याली नगरे त भातै जान्न
क्षतिपूर्ति माग्ने निहुँ छ त्यो घरको कुकुर भुक्यो आज ।

रामकृष्ण पौडेल –अनयाँस

Leave a Reply

Your email address will not be published. Required fields are marked *