Skip to content

सवाल-जवाफ (गजल): किन नजर बिदेश लाउँछौ दाजु

  • by


सवाल (रामकृष्ण पौडेल –अनयाँस)

मातृभूमि छाडी किन नजर बिदेश लाउँछौ दाजु
आमा-बाको माया त्यागी व्यर्थै दुःख पाउँछौ दाजु

यै माटोमा सुन फल्छ किन मोल्छौ तिनका पाउ
आफनै घर उजाडेर कसका छाना छाउँछौ दाजु

गाउँ खेत शुन्यै भाछन् पाखो वारी बाझै रह्यो
रोदी सेलो विर्सिएर कस्ता गीत गाउँछौ दाजु

मखमली र सयपत्री वर्षैभरि रुन्छन अचेल
छैनन् गाउँमा मलामी नि कसका घर धाउँछौ दाजु

पुर्खाले त लडे डटे जे गर्नु यही माटोमा गरे
ईज्जत फाल्दै पुर्खाको किन मुख बहाउँछौ दाजु ।

जवाफ (रामकृष्ण पौडेल –अनयाँस)

खुकुरीको धारमा आज जीवन जिउन पर्यो बैनी
अभावैम जिउनुभन्दा यो मन बिदेश सर्यो बैनी

दश नङग्रा खियाएर भिज्छ पसिनाले खेत
जहान पाल्छु भन्दा मेरै भोकले आत्मा मर्यो बैनी

साइँला-माइला मुग्लान पसे हर्के ठुले गीतार बोके
यानी-माया गीत विर्सी त्यै रिमिक्समा सर्यो बैनी

पोहोर साल दाजु खसे कैले राता चुरा फुटे
सिरमा लाउने सयपतीरि चित्तालेनै हर्यो बैनी

अन्न भन्दा जन्म वडी गासकै खोजी गर्न लागे
देशकै गौरब इज्जत राखी अब कर्म गर्यो बैनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *