Skip to content

योगिताको सम्झनामा

20110219_BinaTamang_YogitaMoktan


योगिता, तिमी थियौ नेपालीको तारा
हेर त आज स्तब्ध छन् यहाँ सारा
माया, प्रेम, स्नेह सबै रित्तिएको छ
हेर नयन सबको अँश्रुले भरिएको छ

के पीडा पर्यो तिमीलाई भन्दा हुन्थ्यो नि
सकेको त हामी तिमो लागि गर्थ्यौ नि
ज्यानै दिन तयार हुन्थ्यौ दिन निकास
जान्न मन लाग्यो कुन हो त्यो नरपिचास

जानलाई त तिमी गयौ यो लोक छाडेर
तर राख्याछन् नेपालीले हृदयमा बाँडेर
फेरि तिमी जन्म लिएर आऊ धर्तीमा
के नै गर्न सक्छौ? पुज्नेछौ तिम्रो मुर्तीमा

हे भावविभोर भएका मेरा सहृदयी मित्र
भो अब नरोऊ, योगितालाई राख मनभित्र
साहस बटुल, धैर्य गर, सम्हाल आफूलाई
के भनु अब म, दोष त जान्छ नियतिलाई

बिना तामाङ्
काठमाण्डौं

3 thoughts on “योगिताको सम्झनामा”

  1. miss you Di
    yogita Didi prati jun sahanubhuti dekhai yeso marmir lekh lekhi dinu bhayeko ma hridaya dekhai nai dhanyabat, garna chahan6u Bina Tamang G lai, atti nai bhabuk ani bhabana le yot prot lagyo, hope her soul will take peace in heaven, we will love you forever …Yogita Moktan di…lop you.. miss you.. forever …

  2. भाई मैले तिमीलाई चिनिन
    भाई मैले तिमीलाई चिनिन त्यसैले reply गरिन ।तिमी त युनिक पो रहेछौ। ओहो! साँच्चै नै यो दुखदायिक क्षणले मन रुवाउँछ ।धन्यवाद तिम्रो यो भावुक प्रतिक्रीयाको लागि।योगिता सधै हाम्रो हृदयमा राज गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *